logo

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप

    289   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।
गत ६ साउनमा सम्पन्न भएको विशेष साधारण सभाको निर्णयले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय भई गत १२ साउनमा बसेको बैठकले साविक संस्थापक सेयरधनीहरूबाट सेयरमा लगानी भएको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको थियो ।
सोही निणर्य बमोजिम कम्पनीका संस्थापक सेयरधनीले यहि ७ असोजसम्म सो रकम जम्मा गरिसक्नु पर्ने थियो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले आगामी २६ असोजसम्म सयम थप गरिदिएको हो ।
संस्थापकहरूले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग, कुमारी बैंक, पुतलीसडम, हिमालयन बैंक, न्यूरोड र सानिमा बैंक, नक्सालमा रहेको खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने सो इन्स्योरेन्सले जनाएको छ ।
सो फारम र रकम बुझाएको भौचर सेयरधनीले आगामी २६ असोजभित्र कम्पनीको प्रधान कार्यालय काठमाडौंको टेकुमा बुझाउनु पर्ने सो इन्स्योरेन्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।