३१ भदौ/अर्थ र व्यापापार – नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयर धनीलाई वितरण गर्ने लभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयाजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया