logo

सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

    427   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – सामसङ इकोसिस्टमले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ तथा वाच ५ प्रो बजारमा ल्याएको छ । सामसङले दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ ।
सामसङको तार रहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रो ले गहन श्रवणको अनुभव प्रदान गरेर आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न सहयोग गर्नेछ । यसको बजार मूल्य २७ हजार ९ सय ९९ छ ।
बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँछ । यो एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिने सो कम्पनीले जनाएको छ । यसमा जडित ताररहित हाइफाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भिडमा बसेर पनि युटुबमा मन्त्रमुग्ध भएर आफ्नो प्रिय कन्सर्ट सुन्न सकिने सो कम्पनीले जनाएको छ ।
बड्स २ प्रोमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्द गर्ने (एएनसि),जसलाई पहिलेको तुलनामा अधिक सुधभार गरिएको छ । त्यसको साथमा सबै बाहिरी हल्लाहरुमाथि नियन्त्रणगरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न सघाउँछ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सकिने सो कम्पनीले जनाएको छ ।
यसको एयर भेन्ट्स र विन्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएको छ । यसले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाऊँ दिने सो कम्पनीको दाबी छ ।
यसैगरि, सामसङले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो बजारमा ल्याएको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले ग्राहकलाई राम्ररी बुझन् सक्ने बनाइएको सामसङले जनाएको छ । दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ ।
यसले विछ्यौनाबाट लडेमा वा ठेस लागेमा आकस्मिक कलको लागि सम्पर्कमा रहेकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको सो कम्पनीले जनाएको छ ।
यसैगरी, निदाएको स्कोरको ट्रयाक राख्ने, आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन् ।
ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्छ । यी सबै विशेषताहरु आफ्नै व्यक्तिगत तवरमा मोडल, आकार, आवरण रंग र स्ट्रयापमा १०३२ भिन्न भिन्न संयोजनहरु मध्येबाट छान्न सक्नेछन् । यी दुवैको मुल्य वाच ५ ९४‘एमएम’ ३९ हजार ९ सय ९९, वाच ५ ९४४ एमएम’ ४४ हजार ९ सय ९९, वाच ५ प्रोको मुल्य ६४ हजार ९ सय ९९ कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।