logo

नागरिक लगानी कोषद्धारा ३१.५७ प्रतिशत लाभांश पारित

    1123   पटक पढिएको

७ भदौ/अर्थ र व्यापार – नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश पारित गरेको छ । कोषको २७औं वार्षिक साधारणसभाले यो लाभांश पारित गरेको हो ।
सभाले प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९ प्रतिशत लाभांश पारित गरेको हो । यसैगरि, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित समेत गरेको छ ।
त्यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष प्राडा.सूर्यबहादुर थापाको अध्यक्षतामा सो सभा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको बताएको छ ।
साधारण सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताए ।
उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु,पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पूँजीबजारका विकास गरी लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुका बारेमा जोड दिए ।
यसैगरि, थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता जनाए ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी गराएका थिए । आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले एक खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको छ ।
कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको जनाएको छ । यसैगरी, कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा ‘एनएलके वेभ बेष्ड सफ्टवेयर’ पूर्णरूपमा लागू गरिएको छ । साथै सरकारी लेखा प्रणाली ‘सिगास’ सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ ।
नयाँ सफ्टवेयर प्रयोगका लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरिसकिएको छ । योसँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरुबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।