logo

डिजी पेका ग्राहकले स्टार हस्पिटलमा उपचार गर्दा सहुलियत पाउने

    1135   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – भुक्तानी सेवा प्रदायक डिजी पेका ग्राहक र यसका व्यवसायीक पार्टनरहरुले लिलितपुरको स्टार हस्पिटलमा उपचार गराउँदा सहुलित पाउने भएका छन् ।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गर्दै सो सुविधा पाउने घोषणा गरेको छ ।
यो सम्झौतापछि डिजी पेले ल्याएको व्यवसायीक तथा घरदैलो योजना अन्तर्गत डिजी पेमा आवद्ध सबैले स्टार हस्पिटलबाट ८२५ रुपैयाँको दुई टिकट र १ हजार ६५० बराबरको ओपीडी टिकट निशुल्क पाउने छन् ।
यसैगरि, बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने डिजी पेले जनाएको छ ।
डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटलसँग सहकार्यले डिजी पेसँग आवद्ध व्यवसायी तथा ग्राहकले उपचारमा सुविधा उपभोग गर्न पाउने बताए । डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनमा रहेको र यो सहकार्यले यसमा थप सहयोग गर्ने पनि पाण्डले बताए ।
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले यस सहकार्यले सम्बन्धित सबैलाई व्यवसायीक, सामाजिक र स्वास्थ्य लाभ हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।