logo

चन्द्रागिरि केबलकारमा रोकिए इमर्जेन्सी ड्राइभबाट उद्वार,ढिला भए रिसोर्टमा राखिने

    1230   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार– चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ । केही समयअघि केवलकारको गोण्डुला रोकिएपछि चन्द्रागिरि हिल्सले पत्रकार सम्मेलन आयोजना गर्दै प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यात्रुहरुलाई कुनै समस्या आएमा नआत्तिन आग्रह गरे ।
केबलकारमा विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनि अस्ट्रेलियाको डुपलमेयर नामक कम्पनीको मेसिन प्रयोगमा ल्याइएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको बताए । उनले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत उद्वार गरिने बताए ।
गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र लामो समय रोकिएर टप स्टेसनमा रहेकाहरुलाई गाडीमार्फत उद्वार गरिने जनाएको छ । यदि गाडीमार्फत पनि उद्वार गर्न नसकिए केवलकारमा रहेको रिसोर्टमा निःशुल्क रुपमा राख्ने अध्यक्ष ढकालले जानकारी दिए।
प्रालिका इन्जिनियर सरोज चापागाईंले तत्कालै उद्वारका लागि इमर्जेन्सी ड्राइभमार्फत ४०–४५ मिनेटमा उद्वार गरिसक्ने बताए । बिहान अप्रेसन टिमले हरेक दिन परीक्षण गर्ने गरेका छौ, इन्जिनियर चापागाईंले भनेधेरै समय रोकियो भने बैकल्पिक बाटोबाट उद्वार गर्ने छौं ।
चन्द्रागिरि हिल्सका संस्थापक सदस्य अम्विका पौडेल विश्वको नम्बर वान कम्पनिको मेसिन जडान गरिएकले आत्तिनु नपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।