१४ बैशाख/अर्थ र व्यापार – गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको छ । सो साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ ।
साधारणसभाले असार मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।
यस साधारणसभाबाट पाँचजना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका हुन् । अध्यक्षमा पाण्डेय निर्वाचित भएको पनि सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया