११ बैशाख/अर्थ र व्यापार – नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता ’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत १ हजार ९ सय ९९ रूपैयाँमा नयाँ डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सो कम्पनीले जनाएको छ । सो डिम्याट तथा मेरो सेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको सो कम्पनीले जनाएको छ ।
यसैगरि, मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हालसम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत ग्राहकको डिम्याट तथा मेरो सेयर खाताको नवीकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक बर्ष नवीकरण गर्नुपर्ने झन्झटबाट ग्राहक वर्ग मुक्त हुन सकिने सो कम्पनीले जनाएको छ । यो योजना आगामी असार अन्तिमसम्म रहने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया