logo

‘डिजी पे ’ले ल्यायो नौलो फ्रान्चाइज योजना, ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल केसी

    1508   पटक पढिएको

२० चैत/अर्थ र व्यापार – डिजी पे प्रालिले ‘नौलो फ्रान्चाइज योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न यो येजाना ल्याएको हो ।

यस योजनामा सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरू अझ प्रभावकारी बनाउन ‘डिजी पे फ्रान्चाइज’ मार्फत ‘स्थानीय बिजनेस पार्टनरसिप’ योजना अघि सारेको डिजी पे प्रालिका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।
सन् २०१७ मा स्थापित डिजी पे एक मौलिक व्यापारिक एप हो । डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई–कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङका साथै पहिलोपटक नगदमा समेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्ने सो कम्पनीले जनाएको छ ।
नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये यो पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नौलो फ्रान्चाइज प्लेटफर्म सो कम्पनीका अध्यक्ष पाण्डेले बताए ।
करोडौंको लगानीमा निर्मित डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागूगरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ । यस कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने सो कम्पनीको दावी छ ।
भौगोलिक आधारलाई ध्यानमा राखी सीमित संख्यामा मात्र वितरण गरिने डिजी पे फ्रान्चाइजमा आवद्ध हुन वा सहकार्य गर्न इच्छुक व्यवसायीलाई कार्य दक्षता पूर्णहासिल गर्नु नपर्ने र न्यूनतम लगानीमा बिना झन्झट ख्याति प्राप्त तथा आधिकारिक ब्रान्डसँग सहकार्य गर्दै शीघ्र व्यवसाय सञ्चालन गरी अकल्पनीय मुनाफा तथा अवसर प्राप्त गर्न सकिने सो कम्पनीले जनाएको छ ।
उच्च प्राविधिक दक्षता आवश्यक नपर्ने, पूर्णपरीक्षित तथा प्रमाणित एप, निर्धारित भौगोलिक क्षेत्रमा आधारित, थोरै लगानीमा पनि आबद्ध हुन सकिने, कम जोखिम तथा उच्च मुनाफा, चौबिसै घन्टा प्रभावकारी नेटवर्क तथा प्राविधिक सहयोग, निर्देशित तथा व्यावसायिक योजना, विशेष तथा भिन्न आम्दानीको स्रोत, छोटो अवधिमा लगानीको प्रतिफल, सामाजिक तथा व्यावसायिक सम्मान लगायत डिजी पे फ्रान्चाइजका विशेषताहरू हुन्।

हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा तीनसय भन्दा धेरै व्यवसायी आबद्ध भइसकेका छन् र यो क्रम बढ्दो छ ।
प्रभावकारी बजारीकरण योजना, न्यून जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यस डिजी पे फ्रान्चाइज योजनाबाट मुलुकभरि ठूलो परिमाणमा रोजगारीको समेत अवसर सिर्जना हुने कम्पनीको अपेक्षा छ ।
डिजी पेको यस फ्रान्चाइजलाई अझ बढी प्रभावकारी ढंगले प्रचार प्रसार तथा प्रवद्र्धन गर्नका लागि पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरिएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।