logo

आईएमई र मिदासबीच सहकार्य,१ देखि १० कक्षासम्म निःशुल्क ई‐लर्निङ

    1584   पटक पढिएको

९ चैत/अर्थ र व्यापार – आईएमई र मिदास एजुकेसनसँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु भएको छ । मंगलबारदेखि सुरु भएको यस अभियान आगामी ३१ वैशाखसम्म जम्मा ५४ दिनका लागि लागू हने सो कम्पनीले जनाएको छ ।
यो अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आईएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरी मिदास ई–क्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् ।
एप डाउनलोडपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरी कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले निःशुल्क पढ्न पाउनेछन् । सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अघि बढाइरहेका हुन्छन् ।
तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।
मिदास ई–क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुँदै जान्छ भन्ने विश्वासका साथ यो अभियान सुरु गरिएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।