४ चैत/अर्थ र व्यापार – शिवम् सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
होङसी शिवमको वर्षिक साधारणसभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो । शिवम् होल्डिङ्समा शिवम् सिमेन्टको ८८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
चीनको व्यापारिक समूह होङसी समूहमार्फत प्रत्यक्ष वैदेशिक लगानी भएको होङसी शिवममा चीनको होङसी होल्डिङ ग्रुपअन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम् होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी रहेको छ ।
शिवमका अनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार ८ सय रुपैयाँ चुक्तापुँजीमध्ये शिवम् होल्डिङ्सको पुँजी ३ अर्ब ८२ करोड १९ लाख ९६ हजार ९ सय रुपैयाँ लगानी छ ।
तपाईको प्रतिक्रिया