२ चैत/अर्थ र व्यापार – भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्यका लागि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा ‘उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । संघका अध्यक्ष मानन्धरले सहभागीलाई बिमाको महत्वका बारेमा बताएका थिए । यसैगरि, अजोड इन्स्योरेन्स सिईओ खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न सो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहालले बिमा गर्ने समयमा पर्याप्त छलफल गर्न सकेमा पछि दाबीको अवस्थामा कुनै समस्या नहुने बताएका छन् । कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोसाई, संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौवन्जा लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया