logo

‘आइएमई  पे’ र साइकल सिटी नेटवर्क नेपालबीच सम्झौता

    1397   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– ‘आइएमइ पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।  

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच नेपालमा दिगो विकास तथा स्वस्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पश्चात नेपालमा दिगो विकास तथा स्वस्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत रु ३ प्रदान गरिनेछ र सो रकम ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने छन् । 

सम्झौता कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई पे को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को अध्यक्ष शैलेन्द्र डंगोलले साइकल यात्रा प्रवद्र्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।