logo

दई दशकपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान सुरु

    1676   पटक पढिएको


४ साउन/अर्थ र व्यापार– सिंगापुरको राष्ट्रिय ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले करिब दुई दशक पछि नेपालमा पुनः नियमित उडान सुरु गरेको छ ।

सिंगापुर एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका संचालक सुधीर पाण्डेले आइतबारदेखि नियमित उडान सुरु भएको बताए । उनले  अब सिंगापुर एयरलाइन्समार्फत दुईतर्फी उडान हुने जानकारी दिए ।

यस अघि सिल्क एयरले नेपालमा बोइङ ७३७ मार्फत नियमित उडान गथ्र्यो । सिंगापुर एयरलाइन्स सिल्क एयरको प्यारेन्ट कम्पनी हो । सिल्क सिंगापुरमा गाभिएपछि सिंगापुर एयरलाइन्सको नेपालमा यो पहिलो उडान हो । आइतबार सिंगापुर एयरलाइन्सको पहिलो उडानमार्फत एक सय नौ यात्रु नेपाल आएको थियो ।

कम्पनीले आउँदो अगस्ट ८ तारिखदेखि बोइङ ७८७ सिरिजको ड्रिमलाइनर जहाजमार्फत उडान संचालन गर्ने पाण्डेले बताए । अहिले सिंगापुर सरकारले ट्रान्जिट यात्रुलाई लैजान दिएको छैन तर  । सिंगापुर सरकारले स्विकृत गरेका यात्रु र कार्गो उडान गर्न पाइन्छ । साथै सिंगापुरबाट नेपाल आउन भने पाउने पाण्डेले बताए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पहिला व्यवसायिक सम्भाव्यता कम देखेपछि उडान बन्द गरेको सिंगापुर एयरलाइन्सले व्यवसायिक फाइदा देखेर पुनः नियमित उडान सुरु गरेको जानकारी दिए ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।