logo

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

    152   पटक पढिएको


२ चैत/अर्थ र व्यापार – धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।
‘असमान विकासको गतिले सबैभन्दा गरिबलाई झन् पछाडि धकेल्दै असमानता र राजनीतिक ध्रुवीकरण विश्वव्यापी स्तरमै बढ्दै गइरहेको छ,’ मानव विकास सूचकांक २०२३÷२४ प्रतिवेदन सार्वजनिक गर्दै यूएनडीपीले भनेको छ ।
यस प्रक्रियामा आधा गरिब देश अझ धेरै गरिबीतर्फ धकेलिएको समेत यूएनडीपीको भनाइ छ । प्रतिवेदनले सामूहिक पहलमार्फत उत्पन्न गतिरोध तत्कालै समाधान गरिनुपर्ने सुझाव समेत दिएको छ ।
‘गतिरोध अन्त्य ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकांक (एचडीआई) मा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान रहेको देखाएको छ ।
मानव विकास सूचकांकले कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गर्दछ । विश्वव्यापी असमानतालाई आर्थिक केन्द्रीकरणले झन् बढाएको देखिएको छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार वस्तुको विश्वव्यापी व्यापारको ४० प्रतिशत हिस्सा तीन वा त्योभन्दा पनि कम देशमा केन्द्रित छ ।
सन् २०२१ मा विश्वका प्रत्येक तीन ठूला प्रविधि सम्बन्धी कम्पनीको बजार पूँजी ९० प्रतिशत भन्दा बढी देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा बढी हुन पुगेको थियो ।
प्रतिवेदनले दुई दशकअघि धनी र गरिब राष्ट्रबीचको असमानता घट्दै गइरहेको क्रम हाल उल्टिन गएको खुलासा गरेको छ । ‘समाजहरूबीचको विश्वव्यापी अन्तर सम्बन्ध हुँदाहुँदै हामी असफल हुँदै गइरहेका छौं । प्रतिवेदनले औंल्याएका चुनौती सम्बोधन गर्न हाम्रा अन्तरनिर्भरता साथै हाम्रा क्षमता सबलीकरण गर्नुपर्छ,’ यूएनडीपी प्रमुख अकिम स्टाइनरले भने, ‘यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्छ ।’
उनले जलवायु परिवर्तन, डिजिटीकरण वा गरिबी र असमानताको क्षेत्रमा सामूहिक काम गर्न नसक्नुले मानव विकासमा बाधा पारेको बताएका छन् । साथै, ध्रुवीकरण पनि तीव्र्र बनाउँदै विश्वभरिका मानिस र संस्थामाथिको आस्था झन् कमजोर हुने खतरा बढेको उनको विश्लेषण छ ।
प्रतिवेदनले विश्वव्यापी लोकतन्त्रमा देखापरेका विरोधाभासले सामूहिक कार्य अगाडि बढाउन बाधक रहेको तर्क गरेको छ । प्रतिवेदनमा विश्लेषण गरिएको सर्वेक्षण अनुसार विश्वभरि हरेक १० व्यक्तिमा ९ ले लोकतन्त्रको समर्थन गर्छन् । आधाभन्दा बढी उत्तरदाताले लोकतान्त्रिक प्रक्रियाका आधारभूत नियम बेवास्ता गर्न सक्ने नेतृत्वलाई चुनेको विरोधाभास पाइएको छ ।
यसैगरी आधाभन्दा बढी मानिसले आफ्नो जीवनमाथि आफ्नो नियन्त्रण नरहेको वा सीमित नियन्त्रण रहेको उल्लेख गरेका छन्, र दुई तिहाइभन्दा बढीले सरकारले लिने निर्णयमा तिनको अपनत्व घटेको विश्वास गर्छन् ।
बढ्दो राजनीतिक ध्रुवीकरणले विश्वव्यापी प्रभाव पारिरहेको छ । यसले शक्तिहीनताको भावनाका साथै आफूमुखी नीतिको दृष्टिकोणलाई बढावा दिइरहेको प्रतिवेदनका लेखकहरू बताउँछन् । कार्बन उत्सर्जनमा आधारित अर्थतन्त्र, डिजिटल प्रविधि दुरुपयोग र द्वन्द्वजस्ता समस्या विश्वव्यापी सहकार्यका बाधक रहेको उनीहरूले बताएका छन् ।
द्रुत विकसित हुँदै आर्टिफिसियल इन्टिलिजेन्स (एआई), जलवायु परिवर्तनका कारण २०२३ मा वृद्धि भएको कीर्तिमानी तापक्रम निकै चिन्ताजनक विषय बन्यो । यो संकट सामना गर्न तत्काल एकताबद्ध कदम आवश्यक छ ।
प्रतिवेदनले आजको युगमा विश्वव्यापीकरणको विकल्प नरहेको र आर्थिक अन्तरनिर्भरता उच्च रहेको उल्लेख गरेको छ । विश्वका कुनै पनि देश आफैंमा आत्मनिर्भर छैनन् किनभने सबै अन्य देशबाट कम्तीमा २५ प्रतिशत वा कुनै एक प्रकारको वस्तु वा सेवा आयातमा निर्भर रहेको देखाएको छ ।
यसैगरी, नेपालको मानव विकास सूचकांक मान ०.६०१ रहेको छ । यो मध्यम श्रेणी मानिन्छ । कुल १ सय ९३ देशमध्ये नेपाल १४६औं स्थानमा परेको छ । यो अघिल्लो प्रतिवेदनको तुलनामा केही सुधार हो ।
२०२१ मा नेपाल १४९औं स्थानमा थियो । उक्त वर्षको तुलनामा नेपालले सूचकांकमा ०.०१० ले प्रगति गरेको छ । १९९० देखि २०२२ बीचमा नेपालको जन्ममा सरदर आयु १५.७ वर्षको प्रगति भएको छ । विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशत र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले परिवर्तन भएको छ ।
त्यसैगरी, नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको छ । २०२२ मा महिलाहरूको मानव विकास सूचकांक ०.५६२ र पुरुषहरूको ०.६३५ रहेको छ, जसका कारण लैङ्गिक विकास सूचकांकको मान ०.८८५ देखिएको छ ।
नेपालले विगत पाँच दशकमा प्रगति गरे पनि कोभिड महामारीपछि यो प्रगतिमा गतिरोध आएको देखिएको छ । युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता, आर्थिक वृद्धि साथै संस्थाहरूमाथिको विश्वास घट्दै जानु चिन्ताको विषय भएको नेपालका लागि यूएनडीपीका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले बताए ।
उनले तीनै तहका सरकारबीच मात्र नभई निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र जनतासँग पनि सहकार्य गर्नु अपरिहार्य रहेको बताएका छन् । संघीय सरकारले पारदर्शिता, जवाफदेहिता र निष्ठामा बढी ध्यान दिनुपर्ने; प्रादेशिक र स्थानीय सरकारहरूले योजना र सेवा प्रवाह बढाउने साथै नागरिक समाज संगठनले आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवद्र्धन गर्न सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।