logo

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

अब सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई पनि १ करोडसम्म जरिवाना

    79   पटक पढिएको



१५ माघ/अर्थ र व्यापार – सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।
यस विद्येयक अनुसार अब सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई पनि कडा कानुन लाग्ने छ । यस्तो कार्य गर्नेलाइ १ करोड रुपैयाँसम्म जरिवाना हुने छ । सो विधेयक मार्फत सरकारले एक करोड रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याएको हो ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने, सामाजिक र धार्मिक सद्भाव भड्काउने, कुनै व्यक्तिको चरित्रमा गम्भीर आघात पुग्ने वा हिंसा भड्काउने सामग्री अपलोड गर्नेलाई प्रतिव्यक्ति न्युनतम २५ लाख रुपैयाँ देखि १ करोड रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले सो विधेयक संसद्मा दर्ता गराएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक संसद् सचिवालयमा दर्ता गराएका हुन् । यस विधेयक अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्य दृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य गर्न पाउने छैनन् ।
त्यस्ता पोष्ट सेयर, लाइक, कमेन्ट, रिपोष्ट, ट्याग, ह्यासट्याग र मेन्सन गर्न पनि निषेध गरिएको छ । यो व्यवस्था नमान्नेलाई ५ लाख रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
यसैगरी, हेट स्पीच भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोष्ट, ट्याग, ह्यासट्याग र मेन्सन गर्नुलाई बुझिने सो विधेयकमा उल्लेख छ ।
विधेयकले साइबर स्टकिङ गर्न पनि निषेध गरेको छ । इन्टरनेट प्रयोग गरी कसैलाई झुट्टा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनियता भङ्ग गर्ने, बारम्बार अनावश्यक सन्देश पठाउने, गोप्य जानकारी खुलासा गर्ने वा वैयक्तिक सुरक्षामा खतरा पु¥याउने काम गरी कसैलाई हैरानी दिएमा साइबर स्टकिङको परिभाषा गरेको छ ।
यदि साइबर स्टकिङ गरे तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने सजाय प्रस्ताव गरिएको छ । यस विधेयकले फेक एकाउन्ट बनाएर प्रयोग गर्न पनि निरुत्साहित गर्न खोजेको छ । फेक आइडी, पेज, समूह वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचानमार्फत विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्न रोक लगाएको छ । यदि यसो गरेमा तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।
विधेयकले सेक्सटोर्सन वा एक्स्टोर्सन, साइबर बुलिङलाई पनि व्याख्या गर्दै यो भए कैद र जरिवानाको प्रस्ताव गरेको छ । पछिल्लो समय धेरै इन्टरनेट प्रयोगकर्ता सिकार हुने गरेको फिसिङ वा इम्पोष्टर स्क्याम गर्न विधेयकले रोक लगाएको छ । यदि यसो गरेमा कैद र जरिबाना दुवै सजाय प्रस्ताव गरिएको छ ।
त्यसैगरी, विधेयकले डिपफेक भिडियोलाईसमेत व्याख्या गर्दै सामाजिक सञ्जालको प्रयोग गरी यस्ता भिडियो अपलोड वा प्रसार गर्न बन्देज लगाएको छ ।
विधेयकमा हदम्यादको व्यवस्था राखिएको छ । सामाजिक सञ्जालको प्रयोग गरेर कसैले प्रस्तावित विधेयकविपरीतको कसूर हुने काम गरेमा त्यस्तो कार्यबाट मर्का पर्ने व्यक्तिले कसूर भए गरेको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ ।
अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने, राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, साइबर बुलिङ गर्न नहुने, साइबर स्तकिङ गर्न नहुने लगायतका विषय यस विधेयकमा समावेश गरिएको छ ।
कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ । डिपफेक भिडियो अपलोड वा प्रसार गर्नुलाई पनि दण्डनीय मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।