logo

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

    519   पटक पढिएको


६ मंसिर/अर्थ र व्यापार – नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ । गुहेश्वरीतफको नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको सो डीपो स्थानान्तरण हुनेछ ।
नेपाल आयल निगमले आगामी २०८४ सालको मंसिर महिनाभित्र डीपो स्थानान्तरण गरिसक्ने लक्ष्यकासाथ नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । जसका लागि बुधबार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो ।
सो सम्झौतापत्रमा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण प्रसाद गौतमले हस्ताक्षर गरेका हुन् । दुई पक्षीय सम्झौतापत्रमा ६ महिना भित्रमा डीपीआर तयार गरिने उल्लेख छ ।

काठमाडौंको सिनामंगल डिपोका प्रमुख यादवले आगामी २०८४ सालको मंसिरभित्र अन्तर्रास्ट्रिय मापदण्ड अनुसार डिपो निर्माण भइसक्ने बताए । ‘२०८४ भित्र निर्माणसम्पन्न गर्ने गरि काम अघि बढाउने र डीपीआर तयार भएपछि टेण्डरको प्रक्रिया अघि बढ्ने जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार नयाँ डिपो बन्ने बताए । सिनामंगलस्थित डिपोका प्रमुख यादवले सम्झौतामा हस्ताक्षर गरेपछि यस्तो बताए ।

यादवका अनुसार डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ लनानी हुने छ । डीपीआर निर्माणमा कन्सल्टेन्ट पक्षबाट प्राविधिक काम हुनेछ ।
कन्सल्टेन्ट सेवाका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक गौतमले संस्थानले पछिल्ला दिनमा कन्सल्टेन्ट सेवामा उत्कृष्ट काम गर्दै आएको र निगमसँगको सम्झौताले अर्को एक कदम परिस्कृत बन्ने अवसर पाएको बताए ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले भण्डारण गृहको स्तरोन्नति ऐतिहासिक कदम हुने बताए । उनले निगमसँगको सम्झौता अनुसार नै संस्थानले काम गर्ने बताए ।
त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको यस डीपोले विमानस्थललाई जोखिम बढाएको छ । हालको स्थानमा रहेको डिपोेका कारण स्थानीयवासी समेत जोखिममा छन । विमानस्थलको ट्याक्सी वे समेत डीपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन ।
डीपो प्रमुख यादवले डीपोका कारण विमानस्थल र स्थानीय असुरक्षित रहेको आवाज पटकपटक उठेपछि डिपोे स्थानान्तरणका लागि यस्तो पहल भएको बताए । उनका अनुसार विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्डअनुसार ५ सय मिटर हुनुपर्नेमा ९० मिटर मात्रै रहेको छ । यस विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्डअनुसार ५ सय मिटर हुनुपर्नेमा ९० मिटर मात्रै छ । अन्तर्राष्ट्रिय विमान आउँदा झण्डै झण्डै ठोक्केला जस्तो हुने अवस्थाका कारण पनि स्थानान्तरण गर्नु पर्ने बाध्यता थियो ।
हाल विमानस्थलको हवाई यातायात क्षमता अभिबृद्धी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरि फराकिलो र सुरक्षित बनाउने कार्य सुरु गरेको छ । विमानस्थलको मुख्य धावनमार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेकाले आइकाओ र प्राधिकरणको गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दुरी १७२ दशमलव पाँच मिटर कायम हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिलेको हवाइ इन्धन डिपोेको आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

सोही डिपोेका कारण विमानस्थल असुरक्षित रहेको भन्दै सरकारले मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर यो डिपो स्थानान्तरण गर्न सहमति दिएको छ । २८ साउन २०८१ मा बसेको मन्त्रिपरिषद बैठकले एकवर्ष भित्रमा डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो ।
त्यसपछि वर्तमान सरकारका उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थलगत अवलोकन गरि डिपो सार्नुपर्ने आवश्यकताबोध भएको भन्दै हवाइ यातायात क्षमता अभवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार स्थानान्तरण गरिनुपर्ने बताएका थिए ।
निगमको हवाइ इन्धन डिपोे हालको सिनामंगलबाट विमानस्थलको उत्तरतर्फको स्थानमा स्थानान्तरण हुनेछ । डीपो प्रमुख यादवका अनुसार विमानस्थलको उत्तरतर्फ गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।
हालको सिनामंगलस्थित डिपो करिब ५० वर्ष पुरानो हो । यस डीपोको भण्डारण क्षमता ७ हजार ६सय ६० किलोलिटर छ भने दैनिक ४ सय कीलोलिटर हवाइ इन्धन विक्री वितरण हुँदै आएको छ । हाल सञ्चालनमा रहेको डिपोमा १ हजार ६सय किलोलिटरका तीनवटा, ७६० किलोलिटरका तीनवटा र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन ।
सामान्यतया आपतकालीन प्रयोगका लागि ३ देखि ५ दिन र नियमित माग अनुसार आपूर्ति गर्न ५ देखि ७ दिनका लागि इन्धन भण्डारण गर्ने गरिएको निगमले जनाएको छ । निगमका अनुसार विमानस्थलबाट अन्तर्रास्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य उडान भर्ने विमानलाई सेवा दिनका लागि २० दिनको माग धान्न सक्ने क्षमताको भण्डारण गृह आवश्यक पर्छ भने आपतकालीन अवस्थामा सेवा दिनका लागि न्युनतम ३ दिनको इमर्जेन्सी स्टक आवश्यक पर्छ । प्रस्तावित नयाँ बन्ने डीपोमा ३ हजार किलोलिटर क्षमताका ५ वता भण्डार ट्यांकी हुनेछन । जसले ब्यवस्थापनमा आवश्यक सहयोग पुग्ने छ ।
डीपोका इन्जिनियर अनुपम पराजुलीले नयाँ डिपो निर्माणपछि अन्तर्रास्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय इन्धन गुणस्तरीय तरिकाबाट दिन सकिने बताए । उनले नयाँ डिपोे निर्माणपछि डीपोबाट ट्यांकर मार्फत इन्धन पुर्याउने अवस्थाको अन्त्य हुने दाबी गरे । उनका अनुसार अत्याधुनिक प्रविधिमार्फत सिधै विमानमा इन्धन उपलब्ध गराइने छ ।
यसैगरी, आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउनेगरी सम्भाब्यता अध्ययन हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।