logo

असुरक्षित सिलिण्डर बेच्ने सगरमाथा ग्यास उद्योगलाई विभागको कारबाही

ग्यास भर्न रोक

    712   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार – बजारमा असुरक्षित ग्यास सिलिण्डर पठाउने उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास भर्न रोक लगाएको छ । विभागले आफ्नो अनुगमनका क्रममा सिलिण्डरमा कैफियत देखिएपछि सगरमाथा ग्यास उद्योगलाई ग्यास भर्न रोक लगाएको हो।
बजारमा असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गरेको पाइएपछि नेपाल आयल निगम र विभागको टोलीले सयुंक्तरुपमा उद्योगको अनुगमन गरेको थियो।
विभागका प्रवक्ता प्रभातकुमार सिंहले अनुगमन गर्दा कम्पनीमा धेरै कैफियत देखिएकाले ग्यास भर्न रोक लगाउने निर्णय गरेको बताए । ‘हामीले अनुगमन गर्दा धेरै कैफियत देखियो,’ उनले भने, ‘त्यहीकारण अहिले कम्पनीलाई ग्यास फिलिङ गर्न रोक लगाउने निर्णय भएको छ । बिहीबार बिहानसम्म हाम्रो परिपत्र जान्छ। त्यसपछि उद्योगले ग्यास भर्न पाउने छैन।’
विभागले सो उद्योगसँग स्पष्टीकरण पनि मागेको उनले जानकारी दिए । ‘ग्यास भर्न नदिने निर्णय हामीले अर्को अनुगमन नगरेसम्म लागू हुनेछ। उद्योगको स्पष्टीकरणपछि हामी फेरि अनुगमनमा जान्छौं। त्यतिखेर उद्योगले के कस्तो सुधार गर्छ ? त्यस आधारमा अर्को निर्णय हुनेछ,’ उनले भने।
गुणस्तर विभागले निगमलाई पठाएको पत्रअनुसार यही २७ साउनमा सो उद्योगमा निरिक्षण गर्दा नेपाल गुणस्तर ५३३ बमोजिम विभिन्न कैफियतहरु देखिएको थियो । विभागको बुधबार बसेको बैठकले उद्योगलाई मापदण्ड विपरित एलपी ग्यास भरिएका सिलिन्डरहरु बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । यस्तै ग्यास फिलिङमा पनि बन्द गर्न निर्देशन दिने गरि विभागले निर्णय गरेको छ।
यसैगरी, आकास्मिक निरिक्षणको क्रममा उठाइएका कैफियतहरु के कति कारणले भएको हो र नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारवाही किन नहुनु पर्ने हो कुनै कारण भए सफाईको सबुत प्रमाणसहित १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
विभागले दिएको निर्देशन अनुसार उद्योगको इजाजतपत्र नै रद्द हुन सक्छ । नेपाल गुणस्तर ऐन २०३७ तथा नियमावली २०४० बमोजिम यस्तो गुणस्तर नभएको काम गरेको प्रमाणित भएमा उद्योगको इजाजतपत्र वा प्रमाणपत्र रद्द स्थगित हुनेछ । एनएस इजाजतपत्र प्राप्त भएको उद्योगहरुले उत्पादित निर्मित वा आङ्गिकृत प्रक्रिया वा प्रदत्त सेवा नेपाल गुणस्तर अनुरुप नभएमा विभागले ऐन अनुसार उद्योगको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ।
यस्तै इजाजतपत्र रद्द गर्नु अगावै त्यस्ता उद्योगलाई १५ दिनको समय दिएर स्पष्टीकरण माग गर्नुपर्नेछ। अहिले विभागले सोही प्रावधान बमोजिम उद्योगसँग स्पष्टीकरण माग गरेको हो । १५ दिनभित्र स्पष्टीकरण पेश गरेमा त्यसबारे छलफल गरि विभागले इजाजतपत्र रद्द गर्ने नगर्ने अन्तिम निर्णय गर्नेछ।
असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गरेर उपभोक्ताको सुरक्षामाथि खेलवाड गरेको पाइएपछि निगमले गत आइतबारदेखि उद्योगलाई प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) रोक्का गरिसकेको छ।
निगमले ग्यास बोटलिङ प्लान्टमा ४ वर्षदेखि अनुगमन नगर्दा व्यवसायीले बजारमा असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गर्ने प्रवृत्ति मौलाएको छ । आफ्नो कमजोरी बाहरिएपछि निगमले सबै ग्यास बोटलिङ प्लान्टको अनुगमन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।