logo

एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब

    715   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार – सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार गत् आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिइएको हो ।
यस्ता उद्योगहरुमा कूल प्रस्तावित लगानी २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ छ । विभागका प्रवक्ता अर्जुनसेन ओलीका अनुसार सो आर्थिक वर्षमा ठूलो लगानीको उद्योगतर्फ ८० वटालाई सञ्चालनका लागि अनुमति दिने लक्ष्य भएकोमा ४९ वटालाई अनुमति दिइएको छ ।
यसैगरी, मझौलातर्फ ८५ वटा लक्ष्य तोकिएकोमा ५२ वटालाई अनुमति प्रदान गरिएको छ । त्यसैगरी साना उद्योगतर्फ २ सय वटा तोकिएकोमा ३ सय ३३ वटा साना उद्योग सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ ।
साना उद्योगतर्फ लक्ष्यभन्दा १ सय ३३ वटा बढि उद्योग सञ्चालनको लागि अनुमति पाएको हो । वितेको असार महिनामा मात्रै ५७ वटा साना उद्योगले सञ्चालनको लागि अनुमति पाएका छन् ।
सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुले २५ हजार ५ सय ५१ जनालाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउने प्रस्तावना पत्रमा उल्लेख गरेका छन् । विभागका अनुसार गत् आर्थिक वर्षमा ४ सय २ वटा वैदेशिक लगानीमा उद्योग सञ्चालनका लागि अनुमति प्राप्त गरेका छन् ।
गत असार महिनामा मात्रै ४८ वटा वैदेशिक लगानीको उद्योगले अनुमति पाएका छन् । यस्ता वैदेशिक लगानीको उद्योगहरुमा ६१ अर्ब ७८ करोड रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । वैदेशिक लगानीमा सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुबाट १९ हजार ५ सय ६५ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने बताइएको छ ।
यो अवधीमा २ वटा प्याटेण्ट दर्ता भएको छ भने ११ वटा डिजाइन दर्ता भएको छ ।

विभागले त्यो वर्षमा ६ हजार ५१ वटा टे«डमार्क दर्ता गरेको छ । असारमा मात्रै ५ सय ५७ वटा टे«डमार्क दर्ता भएको थियो । यस्तै ५१ वटा उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सम्पन्न भएको छ । प्रवक्ता ओलीका अनुसार गत आर्थिक वर्षमा १ सय १३ वटा टे«डमार्कसम्बन्धी मुद्दामा कारवाही गरिएको छ । असारमा मात्रै २० वटामाथि यस्तो कारवाही गरिएको थियो । सो अवधीमा ८५ वटा सरोकारवालालाई वस्तु निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।