logo

एडीबीका नेपाल निर्देशकसँग ऊर्जामन्त्री खड्काले भने:आयोजनामा देखिएका समस्या समाधान गर्छौं

    635   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
उनले बुधबार नेपालका लागि एडीबीका नेपाल निर्देशक अर्नाउड काउकोइससँगको छलफलमा आयोजनामा दिएका समस्या सरकारले समाधान गर्ने भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।
उनले एडीबीको लगानीमा निर्माणाधीन आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको छ। निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्छ। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तर मन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने जानकारी गराए ।
उनले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एडीबीलाई आग्रह गरे । काउकोइसले एडीबीको सहयोगमा सञ्चालित आयोजना निर्माणमा देखिएका समस्याबारे जानकारी गराएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
सो छलफलमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र ऊर्जा विज्ञ प्रवल अधिकारी पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।