२ माघ/अर्थ र व्यापार – साहस उर्जा लिमिटेडले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रवद्र्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने भएको छ । कम्पनीको गत २९ पुसमा बसेको सञ्चालक समितिको बैठकले नयाँ योजना प्राप्ति गर्ने निर्णय गरेको हो ।
सोही निर्णयबारे एक सूचना जारी गर्दै साहस उर्जाले निर्माण तथा सञ्चालनका लागि उपयुक्त देखिएको भन्दै सो योजनाको प्रवद्र्धक कम्पनी टाइम्स इनर्जी प्रालिलाई प्राप्ति गर्ने निर्णय भएको जानकारी दिएको हो ।
३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत योजना अर्धजलाशययुक्त योजना हो । गोरखामा निर्माण हुने यस योजना आगामी २०८५ सालसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । दुई अर्ब रुपैयाँमा यस योजनाको लाइसेन्स साहस उर्जाले खरिद गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया