१८ पुस/अर्थ र व्यापार – बिहीबार भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने भएको छ । सो बैंठकमा सहभागी हुनकालागि भारतका विदेश मन्त्री एस जयशंकर विबहीबार काठमाडौं आउने भएका छन्।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जयशंकरको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । बिहीबार र शुक्रबार काठमाडौमा नेपाल र भारतबीच सातौं संयुक्त आयोगको बैठक बस्दैछ । त्यसैको सिलसिलामा जयशंकर काठमाडौं आउन लागेका हुन्।
आयोगले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धसँगै विभिन्न आपसी सहर्कायका क्षेत्रबारे चर्चा गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद र जयशंकरको उपस्थितिमा नेपाल भारत प्रशारण लाइनको सुरुवात हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतबारे भएको सहमतिलाई कार्यान्वयन पनि आयोगको बैठकले गर्ने जनाइएको छ । नेपाल बसाइका क्रममा भारतका विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शिष्टाचार भेट गर्नेछन् । जयशंकर शुक्रबार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया