logo

बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ: प्रधानमन्त्री दाहाल

    916   पटक पढिएको

३ साउन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले केही समयभित्रै आयोजना निर्माणका लागि शिलान्यास गर्ने बताए ।


‘निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ,’ उनले भने, ‘पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’
क्याबिनेटका सहयात्रीले पनि यो संकल्प लिएको उनले जनाए । ‘यो फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र होइन अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’

बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने दाहालले बताए । ‘विद्युत् उत्पादनको कुरामात्र होइन, म त्यस पालन, पर्यटन, सिँचाइ तमाम कुरा जोड्दा बहुउद्देश्यीय दीर्घकालीन महत्वको हुन सक्छ, यही निष्कर्षका साथ उपस्थिति भएका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।