logo

‘ठूला आयोजनालाई विकास गर्न पीपीए खोलेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिऔं’

    679   पटक पढिएको


३२ जेठ/अर्थ र व्यापार – स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले ठूला आयोजनालाई विकास गर्न पीपीए खोल्नु पर्ने बताएका छन् । ईप्पानको २१औं वार्षिक साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष आचार्यले सो बताएका हुन् ।
पछिल्लो समय वातावरण प्रदुषणलाई घटाउन विश्व लागि रहेको छ । जुन नेपालले घटाउन सक्ने अध्यक्ष आचार्यको भनाई छ । ‘नेपालको पानी समृद्धिको खानी भन्ने नारा छ, मुलुकको आर्थिक सम्वृद्धिको मेरूदण्ड उर्जा हो, जलविद्युत क्षेत्रमा नीजि क्षेत्रले ठूलो फड्को मारेको छ,’ उनले भने ।
आजको आवश्यकता विद्युत खपत बढाउनु रहेको बताउँदै उनले विद्युत् खपतमा सरकार लाग्नु पर्ने उनको भनाई छ । त्यस्तै, उनले प्रसारण लाईन निर्माणमा सरकारले तीव्रता दिनुपर्ने बताए ।
प्रधानमन्त्रीको भारत भ्रमण उर्जामय भएको बताउँदै आचार्यले भने, ‘अरूबेला राजनीति बिषयमा छलफल हुन्थ्यो, अहिले आर्थिक विकासमा छलफल भयो । ’
अहिले ३ हजार मेगावट उत्पादन भइरहेको छ । यदि सरकारले सहजीकरण गरिदिएमा १० वर्षमा १० हजारमात्र हैन त्यो भन्दा बढि उत्पादन गर्न सकिने निवर्तमान अध्यक्ष आचार्य बताउँछन् ।
निजी क्षेत्र विधुत उत्पादनमा सक्षम रहेको बताउँदै उनले सो क्षेत्रलाई विद्युत व्यापारको बाटो खोलि दिनु पर्ने बताए । त्यस्तै, निवर्तमान अध्यक्ष आचार्यले तोकेको समयमा किन काम भएन भनेर प्रश्न सोध्ने प्रणालीको पनि विकास गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।