logo

अपर तामाकोसले साढे १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने

    244   पटक पढिएको


२४ फागुन/अर्थ र व्यापार – अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले साढे १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसको अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
सेयर निष्कासन तथा बिक्रीका लागि बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले १० अर्ब ५९ करोड बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । अपर तामाकोसीकोको चुक्ता पुँजी १० अर्ब ५९ करोड छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।
अपर तामाकोसीले सहायक कम्पनी रोल्वालिङ जलविद्युत आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्ने भएको हो । लगानीका अनुपातमा अपर तामाकोसी हाल नाफामा छैन। पछिल्लो तथ्यांकअनुसार अपर तामाकोसीको नोक्सानी ८२ करोड ४८ लाख रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।