logo

१११ मेगावाट क्षेमताको रसुवागढी आयोजनाको काम अन्तिम चरणमा, धमाधम उपकरण जडान हुँदै

    992   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब यस आयोजनाबाट चालु आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ ।

भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको यस आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीनवटा टर्वाइनबाट क्रमिक रूपले आगामी चैतदेखि परीक्षण सुरू गरिने सो आयोजनाले जनाएको छ ।

यसैगरि, चालु आर्थिक वर्षभित्रै तीनवटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो ।

चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाई भएको थियो ।
रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ सालभित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिइ प्राविधिक समूहले काम गरिरहेको हो ।

सो आयोजनाका इलेक्ट्रिकल महाशाखाका प्रमुख बरिष्ठ ई महेन्द्रप्रसाद यादवले उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको बताए ।
रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरूङ सर्चटैंक, पेनस्टक, टेलरेस सुरूङ, भोटेकोसीबाट पानीसँगै सुरूङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको बताए ।
सो आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय द्रुतगतिले भएको उपकरण जडान कार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिइएको बताए ।

सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो । आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् ।
२०७९ साल भित्रैमा परीक्षण उत्पादन गर्ने लक्ष्य लिएपनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेर जानेमा प्राविधिकले चिन्ता व्यक्त गरेका छन् ।

उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउनका लागि टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हवमा लैजानका लागि १० किमी लामो अन्तरिक प्रसारणलाइनको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको वातावरण विज्ञ तेज साउथले बताए । रसुवागढी तथा साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी पु¥याउनका लागि राष्ट्रिय प्रसारण लाइन निर्माणको काम हाल जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।