१५ भदौ/अर्थ र व्यापार – उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी छिन् । सो क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन ।
चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ । सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको यस्तो चार्जिङ स्टेसन जडानको अभियान मुलुकभर नै हुने जानकारि गराए ।
तपाईको प्रतिक्रिया