logo

काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने

यस्तो छ आवेदनको तरिका

    698   पटक पढिएको

१० फागुन /अर्थ र व्यापार– काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने भएको छ । दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ यस्तो प्रक्रिया सुरु गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस्तो कामकालागि सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएकी हुन् । मन्त्री भुसालले जानकारि गराए अनुसार दुगर्म क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा लिएर सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक, स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यर्थीलाई खाना पकाउने एलपी ग्यासको विकल्पमा सरकारले विद्युतीय चुल्हो उपलब्ध गराउन लागिएको हो । जसका लागि निवेदन आह्वान गरिएको छ ।
यसबाट आन्तरिक रूपमा नै विद्युत् खपत बढाउने र विद्युतीय चुल्होको प्रवद्र्धन समेत हुनेछ । नेपालमै पहिलो पटक सरकारको तर्फबाट यस्तो खालको अभ्यास हुन लागेको सो मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सो कामका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताएको छ । स्वदेशी बिजुलीको आन्तरिक खपत बढाउनका लागि सरकारले यस्तो प्रयास गरिरहेको उर्जा मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर यस्तो अभ्यास गर्न लागेको हो ।
खाना पकाउने एलपी ग्यासको लगातार मूल्यवृद्धिका कारण अहिले हरेक उपभोक्ताका घरको भान्छा असाध्यै महँगो बन्न पुगेको छ । त्यसको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउनुभन्दा अर्को कुनै पनि विकल्प छैन ।

सोही अवस्थालाई आत्मसात् गरेर ऊर्जामन्त्री भुसालले तत्काल नै विद्यार्थीलाई विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने गरी काम सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिएकी थिइन । वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि स्थापित केन्द्रले तोकिएको कार्यादेश अनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले असाध्यै महत्वपूर्ण जिम्मेवारी दिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुका अनुसार अहिले एलपी ग्यासलाई क्रमशः विस्थापित गर्दै लैजाने सोचमा सरकार छ ।

जसका लागि उर्जा मन्त्रालयले अनेक यस्ता वैकल्पीक उपायहरू अवलम्बन गर्ने तयारी थालेको छ ।
यस्तो उपाए अन्र्तगत नै ऊर्जामन्त्री भुसालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विद्यार्थीको विवरण संकलन गर्न र त्यसको आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । सोही आधारमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सार्वजनिक सूचना मार्फत दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई सरकारको यस्तो नयाँ कार्यक्रममा सहभागी हुने आवेदन दिन आग्रह गरेको छ ।
सरकारले नयाँ अवधारणाकासाथ अघि सारेको यो कार्यक्रममा सहभागी हुनेहरुकालागि केन्द्रले तोकिएको समयभित्र आवेदन दिनेहरुले नेपाली नागरिकताको प्रमाणपत्र, आफु अध्ययनरत शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पेस गर्नुपर्नेछ ।

यसैगरि, आफ्नो वैयक्तिक विवरण भर्नुपर्नेछ । यो कार्यक्रममा सहभागी हुन सरकारले दुर्गम भनेर तोकेका जिल्लाहरुका विद्यार्थीले मात्र पहिलो चरणमा यस्तो सुविधा पाउने छन् । ऊर्जामन्त्री भुसालले विद्युत् खपत बढाउनका लागि यसअघि विभिन्न निकायसँग निरन्तर संवाद गरिरहेकी छिन् । केन्द्रले मंगलबार सार्वजनिक गरेको यो सूचना अनुसार त्यस्तो कार्यक्रममा सहभागी हुन चाहनेहरुले आगामी २५ फागनभित्र आवेदन दिन सकिने जनाएको छ । उच्च अध्ययनकालागि काठमाडौ उपत्यकामा आईपुगेर आर्थिक अभावले दैनिक भान्सा चलाउन समेत समस्यामा परेका विद्यार्थीलाई केही राहत महसुस गराउन र विद्युतीय चुल्होको प्रवद्र्धन गर्न दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वच्छ चुल्हो कार्यक्रमको माग संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
अब उनीहरुले देखाएको रुची तथा आवेदनमा देखिने माग तथा चापको आधारमा सरकारले यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । 

सरकारले अघि सारेको यस्ता नयाँ नयाँ अवधारणा सहितका कार्यक्रमलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत् माग भन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युतीय चुल्होको अभियान अघि सारेको हो ।
चालू आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जान सक्ने विद्युत् प्राधिकरणको प्रक्षेपण छ । यसैगरि, विद्युतको खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ ।
सुधारिएको चुल्हो निर्माणको अभियान नै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनको समेत प्रवद्र्धनका लागि यस्ता विभिन्न अभियान अघि बढाउन लागेको केन्द्रले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।