२८ पुस/अर्थ र व्यापार– बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८।७९ को लेखापरीक्षक नियुक्त गरी
बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८०० कायम हुनेछ । बुटवल पावर कम्पनी लिमिटेडले प्रत्यक्षरुपमा संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत गृहहरु नियमित रुपमा संचालन भैरहेका छन् ।
साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत गृह र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत गृहको संचालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको जानकारी समेत प्रतिवेदनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया