logo

हिमालय एयरलाइन्सद्धारा संस्थागत सामाजिक उतरदायित्व सम्बन्धी प्रतिवेदन सार्वजनिक

कोरोना कहरका बेला निःशुल्क खोप ल्याउनेदेखि कार्गो ढुवानीमा अग्रसरता

    575   पटक पढिएको

१८ साउन/अर्थ र व्यापार – निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफुले गरेका संस्थागत सामाजिक उतरदायित्व(सीएसआर) सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
सो एयरलाइनसले बुधबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सन् २०२० देखि २०२१ भित्रको अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुको बारेमा विस्तृत जानकारीमुलक सिएसआर प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा कोरोना महामारीका वर्षहरूमा आपूmले निभाएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुका बारेमा जानकारी गराईएको थियो ।
हिमालय एयरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एयरलाइन्सका मेन्टीनेन्स एण्ड इन्जिनेरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा सो कम्पनीको सिएसआर सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन । सोही कार्यक्रमा हिमालय एयरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्ने क्रममा कोभिड कहरका बेला निःशुल्क खोप ल्याउनेदेखि स्वास्थ्य सामग्रीको कार्गो ढुवानीको प्रवन्ध मिलाउने कार्यमा धेरै राम्रो काम गरि सरकारलाई सहयोग सो एयरलाइन्सले जनाएको छ ।
हिमालय एयरलाइन्सले कोभिडकालका विगत दुई वर्षदेखिको सीएसआर अन्तर्गत गरेका कामको विवरणहरु सार्वजनिक गर्दै निःशुल्क खोप ल्याउनदेखि स्वास्थ्य सामग्री भित्राउने कार्यमा सरकारलाई सहयोग गरेको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पु¥याउने खालका कार्यहरू जारी राखेको सो कम्पनीले जनाएको छ ।
हिमालय एयरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले कोरोना संक्रमणको महामारीले विश्वजगत नै समस्यामा परेको बेलामा पनि आफ्नो सेवालाई निरन्तरता दिएको जानकारी गराइन् । उनले व्यावसायिक रूपमा नाफाघाटालाई मध्यनजर नगरी विश्वमा परेको समस्यालाई आफ्नो तर्फबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ सेवालाई निरन्तरता दिएको बताइन् ।
उनले कोभिडले व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकाले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण बनेको बताइन् । यसैगरि, उनले हिमालयले अग्रगामी रुपमा सरकारको कोभिड–१९ कोषमा १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएर काम गरेको बताइन ।
एयरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कोभिडको बेला संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको दाबी गरे । उनले सरकारसँग सहकार्य गर्दै दृढताकासाथ र संकटको बेलामा भेरोसेल खोपको २ लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको समेत जानकारी गराए ।
एयरलाइन्सले विगत ५ वर्षदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ब्यानरअन्तर्गत एक गैरसरकारी संस्था ‘प्रयास नेपाल’लाई पनि साथ दिँदै आएको जनाएको छ । बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘ शिक्षातर्फका पाइलाहरु’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एयरलाइन्सको कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरू आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान रहेको सो कम्पनीले जनाएको छ ।
सो एयरलाइन्सले हाल ४ वटा विमानमार्फत मध्यपूर्व र दक्षिण एसियाका प्रमुख गन्तब्य देशहरू यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेश लगायतका रुटमा व्यवसायीक उडानहरू संचालन गरिरहेको जनाएको छ ।
यसैगरि, आवस्यक परेको बेला चाटर्ड तथा कार्गो उडानहरू गरिएको सो एयरलाइनसले जनाएको छ । सो अवधीमा विशेष गरि यस्ता उडानहरु चीनबाट र चीनसम्म संचालन गरिएको एयरलाइनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।