logo

बुद्ध एयरको रणनीतिक योजना: पाँच वर्षमा १० विमानबाट दुर्गम क्षेत्रमा उडान भर्ने

    1221   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरलाईनले आप्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । हालसम्म सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्ध एयरले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो ।
तयारी स्वरुप बुद्धले अबको पाँच वर्षमा १० वटा ट्वीनअटर विमान थप गरी दुर्गमका क्षेत्रमा उडान भर्ने जनाएको छ । बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ विमानबाट हवाईसेवा सुचारु गर्ने भएको छ । सुरुवाती चरणमा ४ वटा ट्वीनअटर विमान थपेर उडान भर्दै क्रमश सन् २०२४ देखि २०२६ सम्म प्रत्येक वर्ष २÷२ वटा विमान थप गर्ने जनाएको हो ।
दुर्गमका क्षेत्रमा ट्वीनअटर विमानबाट उडान गर्न बुद्धले नयाँ विमानको खरिद तयारीका लागि विमान निर्माता कम्पनीसँग छलफल सुरु गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता गरेका छन् ।
कम्पनीले दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाउने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार सन् २०२३ को सुरुवातबाटै ४ वटा विमानले उडान विस्तार गरेसागै सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ ।
मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । सो कम्पनीले सन् २०२२ मा तीन थान एटिआर विमान थप गर्ने तयारी थालेको छ । सन् २०२२ को मार्च महिनाभित्रमा कम्पनीले एटीआर–७२ ५०० मोडलका ३ थान जहाज थप गर्ने तयारी थालेको जनाएको छ । हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन् । हाल कम्पनीसँग सबैभन्दा बढी एटीआर–७२ ५०० मोडलका १० वटा, एटीआर ७२– ३०० मोडलका ३ वटा र बीचक्राफ्ट १९०० डी विमान २ वटा गरी १५ वटा विमान छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।