logo

सहकारी संस्थाद्वारा एक हजार ७४८ जनालाई स्वरोजगार कर्जा

    3214   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार  - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

आर्थिक बर्ष ०७४÷७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट रु एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी रहेको छ ।

सहकारीले कृषि कर्जामा ८० लाख ३७ हजार ९१२, व्यापारमा रु ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा १२ लाख २७ हजार, बङगुरपालनमा रु ४२ हजार ७८५, शैक्षिक कर्जामा रु सात लाख ८० हजार र आवास कर्जामा चार लाख २४ हजार १५५ रकम लगानी गरेको छ । लगानी गरिएको रकमबाट सहकारीले एक लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताए ।

सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी रु १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको उहाँले बताउनुभयो । सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध रहेका छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पुर्याउने उद्देश्य लिएको छ । सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताए । सहकारीको हाल शेयर पूँजी २७ लाख ४७ हजार ९०० रहेको छ । सहकारी विसं २०६८ मा स्थापना भएको हो ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।