logo

समिति गठन गरि ४० सहकारीको नियमित र आकस्मिक अनुगमन गर्दै काठमाडौं महानगरपालिका

    380   पटक पढिएको


१० वैशाख/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन गर्न थालेको छ ।
सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले अनुगमन गर्न थालेको हो । २३ फागुन २०८१ को प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णय अनुसार गठित टोलीमा काठमाडौं जिल्ला सहकारी संघ अध्यक्ष सुमन केसी, सहकारी विभाग शाखा अधिकृत नारायण विक र लेखापाल दीपेन्द्र केसी सदस्य छन् ।
यस्तै सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटा मगर सदस्यसचिव छन् । काठमाडौ महानगरपालीकाले अहिलेसम्म १० सहकारी संस्थाको अवस्था हेरिसकेको छ । उनले यसपालि ४० वटाको अनुगमन गर्ने लक्ष्य राखिएको बताए ।
सहकारी संस्थाहरु अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन् । ढकालका अनुसार यिनै सूचकका आधारमा अनुगमन हुन्छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्ता सहितको टोली छ ।
जसकालागि सहकारीहरूलाई ३ भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिए । उनका अनुसार गुनासा आएका, असल अभ्यास भएका र २५ करोड रुपैयाँभन्दा धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन् ।
काठमाडौं महानगरपालिका सहकारी ऐन–२०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका– २०७७ को दफा ३० को उपदफा (२) बमोजिम समिति गठन गरिएको हो ।
समितिलाई अनुगमन सूचक अधीनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्था अनुगमन गर्ने र प्रतिवेदन तयार पार्ने छ ।
महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९ सय १७ सहकारी संस्था छन् । तीमध्ये आर्थिक वर्ष २०८०/८१ को साधारणसभाको विवरण अद्यावधिक गराउनेको संख्या ७ सय ५० मात्र छ । सहकारी तथा गरिबी सम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एन्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम– कोपोमिस) मा दर्ता भएका सहकारी संख्या १ हजार ७ सय ४८ छन् । दुइटा समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।