logo

होम बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

ऐन, नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने

    395   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार – होम बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।सो सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दैै ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले ऐन, नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने बताएकी छन् ।उनले सहकारीको मूल मर्म र सिद्धान्त भन्दा बाहिर गएर सञ्चालकहरुले आफू र आफ्नालाई मात्र लाभान्वित गराउने प्रवृत्तिपनि समस्याको कारण रहेको स्पष्ट पारिन् । सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भईरहेको बताए । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको उद्योग तथा सहकारी महाशाखाका अधिकृत चिरञ्जिवी पौडेल, कानुनी सल्लाहकार रमिला शाक्य, उपाध्यक्ष दिनेश मास्के लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले चारवर्षे कार्यकालका लागि पुनः मुकुन्द महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।