logo

केदार शर्माविरुद्ध दायर भयो २२ अर्ब ८८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

    34   पटक पढिएको

 

४ भदौ/अर्थ र व्यापार – शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्माले संस्थाको रकम अपचलन गरी लुकाउने र विभिन्न कम्पनीमा लगानी गरेर स्वामित्व हासिल गरेको कसुरमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको पाइएको छ।
सो कसुरलाई मुख्य आधार बनाउँदै गत आइतबार जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको हो । सहकारी संस्थाको निक्षेप रकम अपचलगरि ठगी गर्ने शर्माले २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार ४१५ रुपैयाँ सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोग पत्रमा उल्लेख छ ।
बिगोमा शर्माले धितो राखेर लिएको ऋणको लिलामी सम्पत्तिलाई पनि खुलाइएको छ। नेपाल एसबीआई बैंकले धरौटी राखेर दिएको ऋणको बोलपत्र रकमलाई आधार बनाएर बिगो कायम गरिएको छ। शर्माको शिखर अर्गनाइजेसन लिमिटेडको नाममा रहेको विभिन्न जिल्लामा रहेको जग्गाबाट बैंकले लिलामी गरेको बोलपत्र रकम ७० करोडलाई पनि बिगो मागको आधार बनाइएको छ ।
शर्माले एसबीआई बैंकबाट १ अर्ब २५ करोड रुपैयाँ विभिन्न कम्पनीको नाममा ऋण लिएका थिए। यसलाई पनि बिगो कायम गरिएको छ। शर्माले विभिन्न सहकारीको रकम अपचलन गरेर हिनामिना गरेको रकमको विगोलाई पनि सम्पति शुद्दिकरणको आधार बनाएको छ। ११ अर्ब ४६ करोड ५३ लाख २८ हजार रुपैयाँ विभिन्न सहकारी ठगीमा बिगो कायम भएको देखिएको छ।
त्यस्तै शर्माको बयानमा भारतको लखनउ र म्यानमारको कम्पनीमा लगानी गरेको कुल ५ करोड ४० लाखलाई पनि बिगो कायम गरिएको हो। शिवशिखर सहकारीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण (वासलात) अनुसार सहकारी संस्थामा कुल बचत बापतको रकम ९ अर्ब ६४ करोड ५७ लाख ८६ हजार ५५८ रुपैयाँ देखिएको थियो। जसमा कर्जा लगानी ७ अर्ब ६७ करोड १ लाख १८ हजार ५९७ रुपैयाँ रहेको देखिन्छ।
शर्मा संलग्न भएका शिखर अर्गनाइजेसन लिमिटेड समेतका विभिन्न १० वटा कम्पनीमा ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ विना कुनै आधार र मापदण्ड लगानी गरेको अनुसन्धानमा खुलेको छ। जसलाई आरोप पत्रमा सम्पत्ति शुद्धीकरणको कसुर प्रमाणित तथ्य मानिएको छ। त्यस्तै उनले व्यक्तिगत खातामा १ अर्ब ७ करोड ८० लाख ८९ हजार १४७ रुपैयाँ जम्मा गरेको देखिन्छ।

शर्मा समेतले सो रकम आफ्नो प्रत्यक्ष सरोकार रहेको एवम् निजी लाभका लागि खडा गरिएका ४० वटा कम्पनीहरूमा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको सेयर पुँजी, ११ कम्पनीमा सञ्चालक सापटी (डाइरेक्टर लोन) बापत १ अर्ब ४० करोड ६८ लाख ४३ हजार ३३१ लगानी गरेको अनुसन्धानमा फेला परेको छ ।
यस्तै अग्रिम सेयर बापतको ८९ करोड ५० लाख समेत गरी ३ अर्ब ६० करोड ४८ लाख ४३ हजार ३३१ रुपैयाँ शर्माले सहकारीको कोष अपचलन गरी उक्त अपचलन गरेको रकम लुकाउने छिपाउने वा अन्य स्वरूपमा रूपान्तरण गर्ने मनसायसाथ विभिन्न कम्पनीहरूमा लगानी गरी सोको स्वामित्व धारण गरी सोबाट व्यावसायिक गतिविधिहरू गरी लाभसमेत हासिल गरी सम्पत्ति शुद्धीकरणको कसुर गरिरहेको तथ्य स्थापित हुने अनुसन्धानमा देखिएको हो।
तर उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। ‘सहकारी संस्थाले उद्योग धन्दामा लगानी गर्न नपाउने भएकाले सहकारीलाई बचत तथा ऋण सहकारीबाट बहुउद्देश्यीय सहकारी बनाइयो’ भन्ने बयानमा बताएका थिए।
शिखरदीप सहकारी संस्थाले आफैं व्यवसाय सुरु गरेको थियो। भारतबाट चामल र चिनी आयात गरियो। उपकार ब्राण्ड बनाई देशभर दाल चामलको व्यापार थालियो। यो व्यवसाय लगातार चलिरहेको थियो । आयात गर्दा एक्जिमविना नहुने र सहकारीले एक्जिम कोड नपाउने भएकाले शिखरदीप एग्रो प्रालि दर्ता गरेका थिए।
२०७४ सालमा दर्ता गरी शिखरदीपको गोदाममा भएको स्टक र बजारमा भएको उधारो समेत गरी कुल १२५ करोड जति मूल्याङ्कन गरी शिखरदीप सहकारी संस्थाबाट उक्त शिखरदीप एग्रोका नाउँमा करिब १२५ करोडको ऋण बनाई शिखरदीप सहकारीका शाखा कार्यालय भएका विभिन्न ठाउँमा एग्रोको समेत शाखा विस्तार गरी उक्त १२५ करोड कर्जालाई विभिन्न शाखाहरूमा विभाजन गरी ब्याज भुक्तानी समेतको व्यवस्था गरेको उनले खुलाएका थिए।

भक्तपुर सल्लाघारीमा सञ्चालित शिवशिखर कृषि सहकारी संस्था थियो। यसका शाखाहरू ३५ जिल्लामा थिए। यसले मुख्यतयाः चीन र भारतबाट पावर टेलर जस्ता कृषिजन्य उपकरणहरू ल्याई बिक्री गर्ने गर्दथ्यो। पछि एक्जिम कोड नपाएपछि पुनः शिवशिखर एग्रो प्रालि दर्ता गरियो। शिवशिखर कृषि सहकारी संस्थाले शिवशिखर एग्रो प्रालि दर्ता गराए। जसको स्टक र बजार क्रेडिट १०५ करोड थियो र बिलिङ गरी शिवशिखर कृषि सहकारी संस्थाबाट उक्त १०५ करोड ऋण बनाइयो।

यसरी उनले विभिन्न समय सहकारीबाट आफ्नै कम्पनीको नाममा ऋण लिएर रकम अपचलन गरिएको देखिन्छ। त्यस्तै श्रीमती गीता शर्मा र आफन्त र कर्मचारीको नाममा समेत कम्पनी खोलेर सम्पत्ति शुद्धीकरण गरेको देखिन्छ। अदालतमा दायर आरोप पत्रमा उनका अन्य २२ कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।
केदारनाथले सहकारीको रकम अपचलनका साथै बैंकबाट ऋण लिएर समेत दुरुपयोग गरेको अनुसन्धानबाट देखिएको छ। सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्त्याइ योजनाबद्ध र बदनियत तरिकाले ठूलो धनराशि अपचलन गर्न उनले सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ, प्रदीप भट्टराई, मुकुन्द कपाली, लीलानाथ गौतम लगायतलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
बालमुकुन्द कपालीलाई सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको छ। आरोपितमध्ये कपाली र बनियाँ फरार छन्। बयान लिएका केही सशंकित व्यक्तिलाई भने प्रतिवादी बनाइएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।