२८ मंसिर/अर्थ र व्यापार– सानिमा बैंक र एनसेल आजियाटाबीच सम्झौंता भएको छ ।
सानिमा बैंक र एनसेलबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ ।
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइससहित सित्तैमा सीम पाउनेछन् ।
मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निशुल् डाटा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया