logo

धान धितो राखी किसानलाई ऋण दिने समझदारी पत्रमा हस्ताक्षर

    3470   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार  - बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुआत गरेको हो । पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारीमार्फत किसानलाई ऋण प्रदान गर्ने योजनाअनुसार बिहीबार बुटवल-१४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले हस्ताक्षर गरे । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्य बिना नै बिक्री गर्दै आएका थिए ।

बुटवल उपमनगरपालिका प्रमुख शिवराज सुवेदीलेले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए । पहिलो चरणमा किसानको धान मात्रै सहकारीमार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपजसमेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाइ रहेको छ । बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने बताएका  छन् । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसानले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ । सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा बीउ प्रशोधन केन्द्र, भण्डारण केन्द्रसमेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ ।
१० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टनको ओपनज सेड निर्माण गरेको छ भने १५ सय मेट्रिक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।