logo

तरलता व्यवस्थापन गर्न बहुउद्देश्यीय सहकारी संघद्धारा कार्यविधि तयार

    3225   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले तरलता व्यवस्थापन गर्नका लागि कार्यविधि तयार गरेको छ ।

संघको आठौं साधारण सभामा बोल्दै अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन समस्यालाई मध्यनजर गर्दै कार्यविधि नै बनाएर काम भइरहेको बताए ।

भण्डारीले आफ्ना सदस्य संघ संस्थाहरुको तरलता अभावको समस्यालाई समाधान गर्न तरलता व्यवस्थापन कोष संचालन कार्यविधि–२०७७ लागु गरिएको जानकारी दिए । कार्यविधिमा तरलता अभाव वा अधिक भए के कसरी काम गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको छ ।

अध्यक्ष भण्डारीले संघले ४ वर्षे रणनीतिक योजना अन्तर्गत तय गरेका लक्ष्य कार्यान्वयन गर्न ५ वर्षे व्यवसायिक योजना २०७७–२०८१ तयार गरेको पनि जानकारी दिए ।

साधारणसभामा अल्पकालिन र दिर्घकालिन कार्ययोजनाबारे जानकारी गराउदै भण्डारीले सम्पत्ती शुद्धिकरण निवारण, सहकारी र गरिबी निवारण सम्बन्धि सूचना प्रणाली, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको बताए ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा ४१ जिल्लाका ३ सय ३९ संघ संस्था आबद्ध रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।