logo

फरार ढोरपाटनका मेयरसहित इमेज सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

    1010   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।
गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको थियो । गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘अब ब्ल्याक लिस्टमा परेकाहरु हाम्रो इमिग्रेसन पार गरेर जान सक्दैनन्,’ भुसालले भने ।
सो सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको छ । मेयर नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन छन् ।
ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् भने सहकारीमा धर्नासमेत दिइरहेका छन् ।
गत ५ जेठमा उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन बनेका थिए । एक महिनादेखि सहकारीले कारोबार नै बन्द गरेको छ ।
बचतकर्ताले आफ्नो रकम संकटमा परेको भन्दै महिना दिन अगाडि नै सहकारी घेरेका थिए । त्यो बेला अध्यक्ष नेपालीले अहिले देशैभरि आर्थिक संकट रहेको र जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपालीसहित पदाधिकारी र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता त्रसित छन् । नेपाली विदेश जान सक्ने सम्भावना रहेकाले गृहले पत्राचार गरेर यात्रा रोक्न निर्देशन जारी भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
बचत रकम फिर्ता नगरी सञ्चालक सम्पर्कबिहीन भएको भन्दै पोखराका बचतकर्ता पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी बोकेर पुगेका थिए । ‘बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै निवेदन दिएर गएका छन्,’ कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले भने, ‘महानगरपालिकाले पनि अनुसन्धान गरिरहेको छ ।’

पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले सहकारीको सम्पति रोक्का गर्न पठाइएको जानकारी दिए । बागलुङमा दुई महिना पहिलेदेखि नै यो समस्या बाहिर आएको भए पनि पोखरामा वैशाख २५ गतेतिर निवेदन आएको छ ।

वैशाख २८ गते देवकुमार नेपाली, पोखराका मेयर धनराज आचार्यसहित महानगरमा छलफल गरी सम्पति विवरण मगाएर रोक्का राख्न पठाइएको पौडेलले जानकारी दिए । तर, बचतकर्ताले त्यतिलेमात्र आफूहरुको रकम सुरक्षित नरहने बताइरहेका छन् ।
नेपालीसहित, श्रीमती छेला नेपाली, अहिलेका सञ्चालक र व्यवस्थापकसहित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पति रोक्का गर्न पठाइएको पौडेलको भनाइ छ । भूमि व्यवस्थापन विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गरेर बल्ल महानगरमा जानकारी आउने पौडेलले जानकारी दिए ।
नेपाली, उनकी श्रीमती, सहकारीका पदाधिकारी तथा सञ्चालकको सबै सम्पति विवरण खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।