logo

राष्ट्रिय सहकारी बैंकको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक

    384   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी १६ पुसमा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि आगामी ११ पुसकालागि पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैंकको वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको हो ।
सहकारी बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले यस्तो जानकारी गराएका हुन । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी ५ देखि १८ पुससम्म निर्वाचनको समय तोकिएको छ ।
तालिका अनुसार आगामी ५ पुसमा मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारीपत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, आगामी ६ पुसमा उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ । यसैगरि, ७ पुसमा उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र १६ पुसमा सातै प्रदेशमा हुने इकाई सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको सो बैंकले जनाएको छ ।
यसैगरी, सोही दिन साँझ ५ बजे देखी मतपेटिका संकलन÷संग्रह, र मतगणना गर्ने, १७ पुसमा बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, १८ पुसमा बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र सोही दिन दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।
साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य (कम्तीमा ३ महिला सहित) ७ जना, प्रत्येक प्रदेशबाट एक÷एक जना सञ्चालक सदस्य (कम्तीमा २ महिला सहित) ७ जना गरी १५ जना सञ्चालक समिति र संयोजक सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति (कम्तीमा एक जना महिला) अनिवार्य चयन हुनेछन् ।
सो साधारणभामा सहभागी हुनेहरुले गत ८ मंसिरसम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।