११ मंसिर/अर्थ र व्यापार – होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर (पाटन) को १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो साधारण सभामा सहकारी संस्थाका उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
यसैगरि, नियमित बचत कर्ताका तर्फबाट १ जना, मुद्दती बचतकर्ता १ जना, असल ऋणी ३ जना र गोरखापत्रका सहसम्पादक एवं बरिष्ठपत्रकार शरदराज सुवेदी, संस्थाका कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रमिला शाक्यलाई पनि सोही अवसरमा सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष महर्जनको सभापतित्वमा सम्पन्न सो साधारण सभामा संस्थाका सचिव सोमनाथ थापाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधिबारे जानकारि गराएका थिए ।
तपाईको प्रतिक्रिया