logo

गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न विभागको सिफारिस

    1142   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न सिफारिस गरेको छ ।
विभागले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन, २०७४ को दफा १०४९१० बमोजिम गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न सहकारी तथा गरिवी मन्त्रालयमा सिफारिस गरेको जनाएको हो ।
सदस्यहरूको हित विपरीतका कार्य गरेको, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन, नियम र निर्देशन पालना नगरेको भन्दै विभागले सो सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्न सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ ।
विभागका अनुसार गत मंगलवारसम्म सो सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबी सहित विभागमा उजुरी निवेदन दिएका थिए। अझै बचतकर्ताहरुको निवेदन दर्ता हुने क्रम जारी रहेको विभागले जनाएको छ ।
काठमाडौंको कुलेश्वरस्थित सो सहकारी संस्थाका सञ्चालक रामबहादुर गौतम र सो सहकारीका कर्मचारीहरू सम्पर्कविहीन छन् ।
सो सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई विभागमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरे पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।