logo

गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न विभागको सिफारिस

    1376   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न सिफारिस गरेको छ ।
विभागले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन, २०७४ को दफा १०४९१० बमोजिम गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न सहकारी तथा गरिवी मन्त्रालयमा सिफारिस गरेको जनाएको हो ।
सदस्यहरूको हित विपरीतका कार्य गरेको, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन, नियम र निर्देशन पालना नगरेको भन्दै विभागले सो सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्न सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ ।
विभागका अनुसार गत मंगलवारसम्म सो सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबी सहित विभागमा उजुरी निवेदन दिएका थिए। अझै बचतकर्ताहरुको निवेदन दर्ता हुने क्रम जारी रहेको विभागले जनाएको छ ।
काठमाडौंको कुलेश्वरस्थित सो सहकारी संस्थाका सञ्चालक रामबहादुर गौतम र सो सहकारीका कर्मचारीहरू सम्पर्कविहीन छन् ।
सो सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई विभागमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरे पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।