logo

सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन सात बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

    1535   पटक पढिएको

२७ चैत / अर्थ र व्यापार- राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने ‘नेशनल युथ फोरम’ सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सहकारीमार्फत युवाको उद्यमशिलता विकास गर्दै उत्पादन बृद्धि मार्फत आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघद्धारा आयोजित सो सम्मेलनमा देशभरका सहकारी अभियन्ता तथा युवा सहकारीकर्मीहरु सहभागी भएका थिए ।

शनिबार काठमाडौमा सम्पन्न भएको सम्मेलनले सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने, युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ–संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने लगायत सात बुँदे घोषणापत्र जारि गरेको छ ।

सो घोषणापत्रमा युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ–संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने ,सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने, सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने, सहकारीमार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने र सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने लक्ष्यलाई आफ्नो घोषणापत्रमा समेटिएको महासंघका सञ्चालक तथा कार्यक्रम संयोजक सागर ढकालले वताए ।

कार्यक्रम संयोजक ढकालले सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा सम्पन्न भएको सो सम्मेलन विशेष गरी युवालाई उद्यमशीलतामा लगाउन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।