११ पौष / अर्थ र व्यापार- ग्रीनल्याण्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । टोखा नगरपालिका, सहकारी विभाग प्रमुख कमला कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । प्रमुख अतिथि कार्कीले संस्थाले गरेको प्रगति देखेर आँफु खुशी भएको वताउँदै आगामी दिनका लागी शुभकामना समेत दिईन ।
साधारणसभामा संस्थाका अध्यक्ष डा.लेखनाथ भण्डारीले संस्थाको गतिविधि, अध्यक्षको प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरु वारे प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । साधारणसभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजक श्रीप्रसाद गौतमले पेश गरेको प्रतिवेदनहरु पारित गरेको छ । साधारणसभाले आगामी वर्ष २०७८/७९ का लागी लेखापरिक्षक समेत नियुक्त गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा.भण्डारीले संस्थाले सदस्यहरुको हितलाई मध्यनजर गर्दै विगतमा पनि कार्य गरेको र आगामी दिनमा अझ आफ्ना सेवाहरुलाई थप परिष्कृत गराउँदै लैजाने वताए ।
तपाईको प्रतिक्रिया