logo

कालीगण्डकीमा करिडोरको आयोजनाले स्थानीय बासिन्दा खुसी

    1755   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

गाउँमा सडक आउने बिनामारेवासीको आशा वर्षौंपछि आएर बल्ल पूरा भएको हो। सडक विभागले जिम्मा लिएअनुसार करिडोरको मार्ग खोल्न नसक्दा स्थानीय निरास थिए । तर सडक खन्ने जिम्मा नेपाली सेनाले पाएपछि करिडोरको बागलुङ खण्डको कामले दिशा पाएको हो । करिडोरमा नसोचेको ढङ्गले काम भएका छ ।

करिडोरको करिब तीन किमी सडक बिनामारेमा पर्ने जनाइएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँको चौतर्फी विकास हुनेमा स्थानीय आशावादी छन् । सडकलाई उत्पादनसँग जोड्न पनि सक्नुपर्ने छ ।

सडकले सबै विकासको ढोका खुलाउने र गाउँका हरेक उत्पादनलाई बजारसम्म जोड्न सकिने अवसर प्रदान गराउने अनि बिरामीदेखि सर्वसाधारणको आवतजावतमा समेत सडकले ठूलो टेवा पुगाउनेमा स्थानीय आशावादी छन् ।
नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले आगामी असारभित्रै बागलुङ खण्डमा मार्ग खोलिसक्ने छ । सदरमुकामदेखि मालढुङ्गा–टाकुरीसम्मको १४ किमीमा भने गत वर्षदेखिनै यातायात सञ्चालनमा आएको छ ।

टाकुरी–पालुङखोला २६ किमीमा पनि अधिकांश ठाउँमा मार्ग खोल्ने काम पूरा भएको छ । हालैमात्र करिडोरकै सबैभन्दा जोखिमयुक्त बिनामारेस्थित कुसुनेको भीरमा सडक–मार्ग खोलिएको छ । करिडोरका अधिकांश ठाउँमा भिर, पहरा, चट्टान काटेर मार्ग खोलिएको छ ।

सरकारले करिडोरको गुल्मी–बागलुङ ८५ किमी सडक खन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । यन्त्रको प्रयोग गर्दा पनि पहाड काट्न नसकेपछि सेनाले ठूल्ठूला चट्टानयुक्त पहाड फोर्न बमको सहायता लिने गरेको छ । करिडोर निर्माणमा सेनाका ‘बम ब्लास्टर’ देखि इन्जिनियर, प्राविधिक, डकर्मीलगायतका जनशक्ति खटिएका छन् ।

बागलुङ खण्डमा पर्ने तीनवटा खोलामा ‘बेलीब्रिज’ राख्न र सडक मर्मत–सुधारको लागि यो वर्ष करिब रु १२ करोड बजेट अभाव रहेकोे छ । सरकारले चालु आवमा ३३ करोड बजेट विनियोजन गरेको थियो । करिडोरको गुल्मी खण्डमा मार्गखोल्ने काम गत वर्षनै पूरा भएको छ । चारसय ३५ किमीको कालीगण्डकी करिडोर नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।