logo

करिब ७० प्रतिशत डाक्टरहरु नै परिक्षामा फेल 

    3308   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा गरेपछि एमडी एमएस एमडिएस विषयमा तीन वर्षे विशेषज्ञता शिक्षा हासिल गरेका २ सय ३७ चिकित्सकहरु मध्ये करिब ७० प्रतिशतले आफनो क्षमता सिद्ध गर्न सकेनन् ।

४ महिना अघि लिइएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा समेत करिब ३० प्रतिशत डाक्टरहरु फेल भएका थिए । यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूतिर्ण भएकाहरु नै हुन् । यसपटकको परिक्षामा चीनमा अध्ययन गरेका १३२ जना परिक्षामा सरिक भएकोमा १११ जना फेल भए । चीनबाट पढेका मध्ये २० जना मात्र पास गर्न सके भने एकजना परिक्षामा अनुपस्थित थिए ।

यस्तै बेलायतबाट पढेर आएका दुईजान, किर्गिस्तानबाट पढेर आएका ६ जान र रुसबाट पढेर आएका १० जान फेल भए । नेपालबाट पढेका १८ जना मध्ये ८ जना फेल भए । फिलिपिन्सबाट पढेका ४० जना मध्ये २१ जना फेल भए । बंगलादेशबाट पढेर आएका १३ जनामध्ये ४ जना फेल भए । भारतबाट पढेर आएका ५ जनामध्ये एकजना र पाकिस्तानबाट पढेर आएका ६ जनामध्ये एकजना फेल भए ।

यसपटक रेडियोलजीमा सहभागी ६१ जनामा ५ जनामात्रै पास भएका छन् । गत वर्ष समेत रेडियोलजी विषयको विशेषज्ञ परिक्षा दिने ७३ जनामा १३ जनामात्रै पास भएका थिए । फेल हुनेहरुमा धेरै जसो चीन, फिलिपिन्स, बेलारुस, लगायत बाहिरबाट पढेकाहरु थिए भने यसपटक समेत यस्तै स्थिति देखिएको छ ।

काउन्सिलले पहिले वर्षमा दुईपटक विशेष चिकित्सक दर्ता परिक्षा लिने गरे पनि यो वर्ष देखि तीनपटक लिन थालेको हो । एमडीरएमएसरएमडिएस विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म दर्ता परिक्षामा नबसे पनि विशेषज्ञको रुपमा काम गर्न पाइन्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्ष भित्रमा दर्ता परिक्षामा पास नगरे विज्ञको रुपमा काम गर्न नपाइने प्रावधान छ ।

विशेष चिकित्सक दर्ता परिक्षा पास नभएर विशेषज्ञको रुपमा काम गर्नेहरु विरुद्घ उजुरी पर्दा कानुन अनुसार कारवाही हुने छ । हाल परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन, आचार संहितामा यस्तो काम गर्दा दर्ता खारेज गर्नेसम्मको प्रावधान छ । हाल मुलुकमा जम्मा करिव १९ हजार चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिव ६ हजारभन्दा बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।