logo

मरुभुमीको देश युएई वाट नेपालले के सिक्ने ?

राजु थापा

    3577   पटक पढिएको

३० जेठ /अर्थ र व्यापार-  मध्यपूर्वको एक बिकशित राजतन्त्रात्मक राष्ट्र “संयुक्त अरब ईमिरेट्स” ( युएई ) , जहाँ विश्वका प्रायः सबै देशका मानिसहरु श्रम तथा घुमफिरका लागि बर्सेनी लाखौको संख्यामा आउने गर्छन् । यस देशको आधिकारिक भाषा अरबी, अंग्रेजी, फारसी,उर्दू र हिन्दी हो । युएई नेपाली कामदारको श्रमको राम्रो गन्तव्यको रुपमा स्थापित मुलुक हो ।


पर्यटकहरुको लागी युएईको मुख्य आकर्षक सहर हो–दुबई । अन्य राज्यको तुलनामा दुबईले विकासमा धेरै फड्को मारेको छ । त्यसैगर युएईको राजधानी आबुधाबी अर्को विकशित सहरको रुपमा चिनिन्छ । अन्तर्राष्ट्रिय उड्ड्यन हबको रुपमा परिचित युएई सन् १९९१ तिर सम्म सुख्खा एका दुई घरहरु बाहेक मरुभुमिको रुपमा रेहेको थियो । युएई २०१७ को आजको दिन सम्म आएर हेर्दा विकास निर्माणको हिसाबले संसारलाई नै चकित पार्दै अगाडी बढिरहेको छ। वर्षै पिच्छे नयाँ–नयाँ टावर,बिल्डिङ, पाँच तारे होटलहरुको निर्माण, समुन्द्रमा ठुला–ठुला हाइड्रो प्रोजेक्टहरु निर्माण गरिदै छ, शहरको विच भागबाट कृत्रिम समुन्द्रको निर्माण, सुख्खा मरुभुमिमा पुरै रुख बिरुवा रोपेर जंगल खडा गरिएको छ । 

यहाँको मुख्य आकर्षणको रुपमा दुबईमा रहेको संसारकै अग्लो टावर बुर्जगखलिफा, त्यसको अगाडि हुने वाटर फाउन्टेन यहाँको पर्टन क्षेत्रका मुख्य आकर्षण हुन ।समुन्द्रको बिचमा रहेको यो मुस्लिम राष्ट्रले छोटो समयमा नै आफुलाई विकसित राष्ट्रको रुपमा उभ्याउन सफल भएको छ । 

युएईले २०२० एक्सपो गर्न सक्यो भने युएई संसारकै सुन्दर, धनी र विकशित शहर बन्ने सम्भावना छ । यहाँ समुन्द्र लाई पुरेर ठुला ठुला आईल्यान्डहरु निर्माण गरिदैछ, सुबिधा सम्पन्न पाँच तारे होटलहरु बनाईंदैछ, मुरुभुमीहरु लाई समुन्द्र र जंगलले भरिदंैछ, ठुला–ठुला सपीङ मलहरु निर्माण गरिदैछ, पर्यटकहरुको आकर्षणका लागि पुरै शक्ति विकास निर्माणमा लगाइएको छ । 
मरुभुमिमा गरिएको यो प्रगति र उन्नतिलाई हेर्दा नेपाल जस्तो प्राकृतिक रुपमा विश्वकै सुन्दर र धनी देशका नेपालीहरु यसरी विदेशिनु नपर्ने हो तर नेपाल राजनितिक संक्रमणको कारणले संधै गरिब र कमजोर नै भईराखेको छ । लाखौं दक्ष तथा अनुभवि युवाहरु विदेशिनु परेको छ । हाम्रो देशको प्राकृतिक सुन्दरताका अगाडि खाडि मुलुकहरु लाई कतैबाट पनि तुलना गर्न सकिँदैन तर पनि त्यो सुन्दरताको महत्व बाहिरि दुनिया लाई चिनाउन नसक्नु नेपालका लागि ठुलो दुर्भाग्य बनेको छ ।


नेपालीहरु जेल तथा कानुनी दायरामा पर्नुको मुख्य कारण जनचेतना र ज्ञानको अभाव हो भनेर नकार्न सकिन्न । त्यसैले कुनै पनि देशमा जाँदा त्यो देशको नियम कानुनको बारेमा गतिलो ज्ञान लिनु एकदमै महत्वपूर्ण र आवश्यक हुन्छ । साथै आवेगमा आएर कुनै पनि अपराधहरु भुलेर पनि गर्नुहँुदैन ।

मदिरा सेवन

खाडी मुलुक साउदी अरेबिया, कतार लगायत अन्य देशको तुलनामा युएईमा मदिराको मुल्य केही कम पर्छ । यहाँको सरकारले अनुमती दिएका होटेल तथा बारहरुमा गएर मदिरा पिउन छुट भएता पनि कामदार तथा न्यून तलबमा काम गर्ने कामदारहरु लाई आफू बस्ने क्याम्प (घर) हरुमा मदिरा खरिद गरेर सेवन गर्न यहाँको कानुनले दिँदैन । मदिरा पसलमा गएर मदिरा खरिद गर्न यहाँ लाईसेन्स चाहिन्छ र त्यो लाईसेन्स यहाँ काम गर्ने लेबर लगायत न्यून तलबमा काम गर्ने कामदारहरु लाई दिर्इंदैन । यदि कसैले अबैधानिक रुपमा मदिरा खरिद बिक्री गर्ने ,मदिरा पिएर होहल्ला तथा झैझगडा गरेको पाईएमा यहाँको कानुनले जेल सजाय  ,जरिवाना देखि आजीवन युएई प्रवेशमा प्रतिबन्ध सम्म लगाउन सक्छ ।

धर्म तथा संगठनको विस्तार र पार्टी प्रचार

युएईमा झन्डै पाँच लाख भन्दा धेरै नेपालीहरु रोजगारीको सिलसिलामा बसोबास गर्दछ्न । यहाँ धेरै नेपालीहरुले नेपालका विभिन्न राजनितिक दल तथा संगठनमा आबद्ध भएर राजनितिक दल तथा संगठनहरु गठन गर्ने गरेका छ्न । यहाँको सरकार तथा कानुनले कुनै पनि व्यक्ति लाई यस्ता कार्य गर्न प्रतिबन्ध लगाएको छ । साथै यस्ता काममा भेला तथा प्रचार प्रसार गर्न पनि पूर्ण बन्देज लगाएको छ ।  तर पनि विदेशमा यस्ता दल तथा संघ–सस्था गठन गर्नेमा अन्य देशको तुलनामा  नेपालीहरु अग्रपंक्तिमा आउछ्न । यो एकदमै गलत र कानुन बिपरित काम हो ।

युएई ईस्लामिक राष्ट्र हो । यहाँका मानिसहरु आफ्नो धर्ममा कट्टर हुन्छ्न । यो मुलुकमा हरेक व्यक्तिले आ–आफ्नो धर्म मान्न छुट दिए पनि यहाँ अन्य कुनै धर्मको प्रचार प्रसार गर्न सख्त प्रतिबन्ध छ । त्यसैले यहाँको कानुन बिपरित कुनै पनि कार्यहरु भुलेर पनि गर्नु हँुदैन । हरेक देशहरु आफ्नै देशको नियम र कानुनले चलेका हुन्छ्न । आफ्नो देश छोडेर अर्काको देशमा आईसकेपछि त्यो देशको कानुन, धर्म, सँस्कृती तथा निति नियमहरुको सम्मान गर्न सक्नुपर्छ । 

नेपालीको युएई आगमन सँगै नेपालीको बढ्दो समस्या समाधानार्थ एवं नेपाली कला र संस्कृति प्रवद्र्धन गर्दै एक आपसमा भाईचाराको सम्बन्ध स्थापन गर्दै आवश्यकता परेको बेलामा सहयोग गर्ने अभिप्रायले सामाजिक संघ संस्थाहरुको स्थापना भएका थिए र छन् । तर हालका दिनमा यहाँ गाऊँ स्तरीय, क्षेत्रिय, जिल्ला स्तरीय, राष्ट्रिय एवं जातिय संस्थाहरुको स्थापना दिनानुदिन वृद्धि भईरहेका छन् । सामाजिक मात्र नभएर राजनीतिक दलका भातृसंगठन हरु पनि स्थापना भएका छन् ।

नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित सबैभन्दा पुरानो संस्थाको रुपमा नेपाली समाजको स्थापना सन् १९९० ताका भएको थियो । गैर आवसीय नेपाली संघको युएई शाखाको स्थापना सन् २००५ मा भएको थियो । यहाँ समाजिक संघ संस्थाहरु करीब एक सयको हाराहारीमा छन् । तर युएईमा वैधानिक रुपमा कुनै पनि संस्था दर्ता भएको छैन । युएईको कानुन अनुसार कुनै पनि सामाजिक कार्य गर्नका लागि संस्था दर्ता गर्नु नितान्त जरुरी हुन्छ । त्यसको पहल एनसीसी, युएईले गरे पनि हाल के भईरहेको छ स्पष्ट हुन सकेको छैन । आदिवासी जनजाती महासंघ र नेपाली समाज जस्ता छाता संगठनहरुले पनि यस कार्यमा पहल गरी दर्ता गर्न नसक्नु नेपाली सामाजिक संस्थाको हित अनुकुल हुन सक्दैन ।

युएईवाट नेपालले के सिक्ने ?

नेपाल प्राकृतिक रुपमा विश्वकै सुन्दर देश तर नेपालका नागरिक मरुभुमिमा ५५ डिग्रीको गर्मी सहेर अर्काको देशमा रगत र पसिना बगाउँन वाध्य छन । यो हाम्रो वाध्यता हो, कुनै पनि विदेशिएका नेपालीहरुको चाहना होइन, यो वाध्यता हो । युएईमा रहेका आम नेपालीहरुको मनोविज्ञान बुझ्दा आफ्नै स्वर्ग जस्तो देश नेपालमा गएर श्रम र पसिना बगाउन इच्छुक रहेको बुझिन्छ । चाए राम्रो जागिर खाएर राम्रै पैसा कमाएको किन नहोस कोहि पनि नेपाली बिदेशी भुमिमा रगत पसिना बगाउन तयार छैनन । 
आफुले सिकेको सिप र दक्षतालाई आफ्नै माटोमा लगेर लगानी गर्न सबै नेपालीहरु आतुर छन । देशको बिग्रदो राजनितिक अवस्थालाई हेर्दा लाग्छ–नेपालमा स्थाई शान्ति र दिगो विकासको सम्भावना तत्काल देखिदैन । सायद रेमिट्यान्स बाट चलिरहेको देश र त्यहाँका नेताहरु संधै त्यसैमा नै खुशी छन ।


कृषि उत्पादन नहुने र सुख्खा मरुभुमिको रुपमा रहेको युएई आज विश्वकै पर्यटकिय केन्द्र बन्दैछ, तर कृषिप्रधान देश नेपाल जहाँ संसारकै अग्ला हिमालहरु छन, भगवान गौतम वुद्व जन्मिएको ठाँउ, जलस्रोतमा विश्वकै दोस्रो धनी, बनजंगल र जडिबुटिको भण्डार रहेको, स्वच्छ हावापानी भएको देश नेपालका नागरिकहरु ५५ डिग्रीको घाममा काम गर्न बाध्य छन । यो बिषयमा नेपालका नेताहरु अझै पनि गम्भिर बन्दैनन र नयाँ ढंगले अघि बढ्न सक्दैनन भने नेपाल गरिबिको रेखा बाट माथि उठने कुरा कल्पनामै सिमित रहने छ । युएईमा दशकौं देखि विभिन्न क्षेत्रमा लगानि गरेर व्यबसाय सञ्चालन गर्दै आईरहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।