logo

संचालनमा आयो आइएमईको दोस्रो केवलकार ‘मौलाकालिका केवलकार’

    740   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – नवलपरासिको गैडाकोटस्थित आइएमई समूहको दोस्रो केवलकार सञ्चालनमा आएको छ। एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्माण गरिएको यस केवलकार नयाँ वर्ष २०८० को पारेर शुक्रबारदेखि व्यवसायिक रुपमा संचालनमा ल्याइएको हो ।
आइएमई समूहको पहिलो केवलकार परियोजना काठमाडौको चन्द्रागिरि हो । चन्द्रागिरिपछि आइएमई समूहले आफ्नो दास्रो परियोजनाका रुपमा यो केवलकार सञ्चालनमा ल्याएको हो । आइएमई समूहले यो केवलकार १३ महिनामा तयार पारेर संचालनमा ल्याएको बताएको छ ।
केवलकार व्यवस्थापन विभाग प्रमुख अभिषेक विक्रम शाहले निर्माण सुरु भएको १३ महिनामा केवलकार संचालनमा ल्याउन सफल भएको जिकिर गर्दै दृढ ईच्छाशक्ति भए असम्भवलाई सम्भव बनाउन सकिने बताए।
‘केवलकार जस्तो परयोजना १३ महिनामा निर्माण सकेर सञ्चालनमा आएको सो समुहले जनाएको छ । यसले पूर्वाधार निर्माणको माइलस्टोन नै बनाएको मान्नुपर्छ । यो केबलकारका लागि टावर बनाउन सामुदायिक वन र मौलाकालिका धार्मिक वनसमेत कुल २.८२ हेक्टर जग्गा प्रयोग गर्नुपर्ने थियो। यो समूहले वनको जग्गा प्रयोगलाई पनि फाष्ट ट्रयाकमा अघि बढाउन सफल भयो।
दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला छन्। धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रलाई लक्षित गरेर यो केवलकार स्थापना गरिएको हो।
सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहेको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई हेरेर केवलकार निर्माण गरिएको हो।
गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरेर बटम स्टेशन राखिएको छ । केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिने छ। हाल केबलकारले दुईतर्फी मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २७५ रुपैयाँ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।
यसैगरि, आइएमई समूहले निर्माण गरिरहेको बुटवलदेखि पाल्पासम्मको तेस्रो केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार कम्पनीमा आइएमई समूहसँगै शर्मा एण्ड कम्पनीका रमेश शर्मा, अम्बिकाप्रसाद पौडेल, चन्द्रागिरि हिल्स र हाथवे इन्भेष्टमेन्ट लगायतको लगानी छ ।
केबलकारको बटम स्टेशन बुटवल–३ बमघाटमा रहनेछ भने टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर डाँडामा रहनेछ । त्यही टप स्टेशनमा पाँचतारे होटल रहनेछ। चन्द्रागिरिमा जस्तै सुविधासम्पन्न होटल पाल्पाको केबलकारमा निर्माण गरिनेछ।
यो केबलकारको टप स्टेशन र होटल रहने जग्गा कम्पनीको आफ्नै हो । बटम स्टेशन र केबलकार रहने स्थान भने सार्वजनिक जग्गा हो । कम्पनीले चन्द्रागिरि जस्तो सबै वन र सरकारी जग्गा नभएकाले यि केबलकार निर्माणमा भने धेरै अवरोध ब्योहोर्नु नपरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।