logo

सामसुङद्वारा इन्स्टिच्युट अफ इन्जिनियरिङमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम

    252   पटक पढिएको


२९ मंसिर/अर्थ र व्यापार – सामसुङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसुङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ ।
यस कार्यक्रम अन्तर्गत सामसुङले नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक सीपमा तालिम दिइनेछ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउने बताइएको छ ।
सामसुङ इनोभेसन क्याम्पसको उद्घाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसुङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । पुल्चोक क्याम्पसमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो ।
नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, बिग डाटा र कोडिङ एन्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपको मागअनुसार तालिम दिइनेछ ।
यसले भविष्यको प्राविधिक सीपमा युवालाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवालाई वास्तविक जागिरका लागि सीप र माग अनुसारको प्राविधिक सीप प्रदान गरिनेछ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।
सामसुङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने, ‘सामसुङमा, सह–समृद्धि हाम्रो मुख्य मूल्यमध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौं । हाम्रो ग्लोबल सीएसआर कार्यक्रम सामसुङ इनोभेसन क्याम्पसमार्फत, हामीले नेपालका युवाको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं ।’
सामसुङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ । पाठ्यक्रमका लागि छनोट गर्नुपर्ने पूर्वसर्तमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।
‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसाय अगाडि बढाउने प्रयास सामसुङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ । जसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरण उपलब्ध गराएर सशक्त बनाउने हो । राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ । तसर्थ सामसुङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धानमार्फत समाज र व्यक्तिमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ ।’ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीले भने ।
इन्जिनियरिङ इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमको एक भागका रूपमा, विद्यार्थीले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीलाई सामाजिक महत्वका परियोजना प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ ।

२०१९ मा सुरु भएको सामसुङ इनोभेसन क्याम्पस जुन सामसुङको ‘टुगेदर फर टुमोरो !’को ग्लोबल सीएसआर भिजनको हिस्सा हो । मानिसलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवालाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिमा अनुभव गर्न तालिम प्रदान गर्छ ।
सामसुङ आफ्नो सीएसआर पहलमार्फत समुदायलाई सकारात्मक रूपान्तरण गर्न र मानिसका लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ । कम्पनीका अनुसार शिक्षामार्फत युवालाई सशक्तीकरण गर्नु भनेको हामीले हाम्रा युवालाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकामध्ये एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।