logo

नेशनल लाइफको १५ प्रतिशत बोनस पारित

    467   पटक पढिएको

१८ मंसिर/अर्थ र व्यापार – नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश पारित भएको छ ।  आइतबार सम्पन्न भएको कम्पनीको ३४ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस जारी गर्ने र सो बोनस वापतको कर प्रयोजनको लागि नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको सभाले आ.व. २०७७/७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बराबरले हुन आउने ६० करोड ५२ लाख ७३ हजार ७२३ प्रतिशत बोनस सेयर र बोनस सेयर वापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ । कम्पनीको हालको पारित भएको बोनस सेयर लाभांशबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुगेको छ । बाँकी रहने चुक्ता पुँजी कम्पनीले आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति रहेको जनाएको छ ।
यसैगरी, कम्पनीको आ.व.२०७७/७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरुलाई दिइ आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।
साधारण सभामा अध्यक्षले सिंहले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।
कम्पनीको आ.व.२०७७/७८ मा सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सो आर्थिक वर्षमा कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृृद्धि भई १२ अर्ब ५२ करोड ४६ लाख पुगेको छ । यस्तै जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई ४२ अर्ब ०४ करोड पुगेको छ भने कूल लगानी २३.२० प्रतिशतले वृृद्धि भई ३९ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक रहेकोमा आ.व.२०७७/७८ मा ९.६७ प्रतिशत कायम रहेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत रहेको अध्यक्ष सिंहले जानकारी दिइन् ।
सभामा अध्यक्षले विगतमा कोभिड–१९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड–१९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन् ।
नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृृद्धि भएको उनले बताइन् । यस्तै नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने उनको भनाई छ । लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकाले यसबाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने सिंहको भनाई थियो ।
कम्पनीले नेपालगञ्ज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।
यसैगरी कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक–एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न ३ वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।